ताजा समाचार

सेनामा माओवादी पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका छन्।

आइतबार विहान सामाजिक सञ्जालमार्फत नेता कोइरालाले नेपाली सेना सधैं राजनीतिबाटट अलग रहेको बताए ।

नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन, उनले लेखेका छन् ।

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने कोइरालाको भनाइ छ । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस, उनले भने ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org