ताजा समाचार

२९ वर्षपछि एमाले अध्यक्ष ओली प्यूठान जाँदै, नौबहिनी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्यूठान जाँदैछन्।

नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न ओली प्यूठान जान लागेका हुन्।
एमाले पोलिटब्युरो सदस्य एवं सांसद सूर्य थापाका अनुसार अध्यक्ष ओलीले असोज २८ गते बिहान स्वर्गद्वारी आश्रम मन्दिरमा दर्शन र पूजाआजामा सरिक हुने कार्यक्रम तय भएको छ ।

त्यसपछि प्युठानीहरूसँग आयुष्मा होटल बिजुवारमा भेटघाट तथा सम्बोधन गर्नेछन् । त्यसपश्चात् वाहनेमा नौबहिनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, आज दिउँसो १ बजे नौबहिनी गाउँपालिका-६, बाहानेमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रमको तय भएको नौबहिनी गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले जानकारी दिए। थापाका अनुसार कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे छ।

समुद्घाटन कार्यक्रममा अध्यक्ष ओलीसहित प्रतिनिधिसभा सदस्य सूर्य थापा, नेकपा एमाले जिल्ला इन्चार्ज नरुलाल चौधरी, नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कर्णेल, लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री तथा प्यूठान जिल्ला प्रदेशसभा क्षेत्र न.१ का सदस्य तुल्सीराम शर्मालगायत कार्यक्रममा सहभागी हुने बताइएको छ।

यसअघि ओली पोलिटब्यूरो सदस्य हुँदा पार्टीको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्न २०५२ पुसमा प्युठान गएका थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org