ताजा समाचार

रिगल आममाफी प्रकरणः आज अदालतको निर्णय आउने

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकाललाई माफी दिने निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतको निर्णय आज आउने भएको छ ।

कायममुकायम प्रधान्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले बहस सकिएपछि निर्णय सुनाउन मिति तोकेको हो ।

बुधबार दुवै पक्षको बहस सकिएपछि इजलासले निर्णय सुनाउन बिहीबारको मिति तोकेको हो । बिहीबार संक्षिप्त आदेश वा अन्तिम फैसलामध्ये जे पनि हुन सक्ने सर्वोच्च स्रोतले जनाएको छ ।

०७२ साल असार २८ गते चेतनको हत्या गरी फरार रहेका रिगललाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध भारती शेर्पाले रिट दायर गरेकी थिइन् । भारतीले आफ्नो श्रीमानको हत्यारालाई माफी दिएर आफूसहितका पीडितलाई थप पीडा दिएको भन्दै रिट दायर गरेकी थिइन् ।

उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, कारागार व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय बाँके तथा दाङ र कारागार कार्यालय दाङसहित रिगललाई विपक्षी बनाएर असोज २२ मा रिट दायर गरेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org