सरकारले आज र भोली ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
काठमाडौं । सरकारले आज(असोज १७) र असोज १८ गते राष्ट्रव्यापी रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउने गरेको छ ।
तर, यसअघि नियमित रुपमा परेको मितिमा यसपटक नेपालीहरूको महान पर्व बडा दशैँ परे पछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसकाकारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।
दुई दिनसम्म चल्ने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसका अनुसार सोही कार्यक्रम अन्तर्गत आज र भोलि गरी यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि खुवाउने सरकारको योजना रहेको छ ।
Comments
अरु समाचार
-
खैत करार सेवामा समावेसी सिधान्त को पालना? : संविधानको उल्लंघन वा केन्द्र सरकारको अज्ञानता
सामाजिक न्याय भनेको समाजका सबै व्यक्तिहरूलाई समान अवसर, समान अधिकार, र समान प्रतिष्ठा प्रदान गर्ने सिद्धान्त हो। यसको मुख्य उद्देश्य...
-
लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना
काठमाडौं । राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाको स्मृति ‘ग्यालरी’ स्थापना गरिएको छ । उनको जीवनकालका...
-
जिप दुर्घटनामा ६ भारतीय पर्यटक घाइते
काठमाडौं । चितवनमा पर्यटक बोकेको जिप दुर्घटना हुँदा ६ भारतीय नागरिक घाइते भएका छन् । कुमरोज सामुदायिक वन हुँदै चितवन...
-
एमालेको ५९ जिल्लाको अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ । एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका...
-
स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ
काठमाडौं । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको रु एक करोड एक लाखसहित एकजनालाई पक्राउ गरिएको छ...
-
डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह
काठमाडौं । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या...
-
गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीश श्रेष्ठको इजलासमा
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ । गृहमन्त्री...
-
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
काठमाडौं । सेती लोकमार्गअन्तर्गत पहिलो चरणमा कैलालीको दुर्गौलीदेखि प्रतापपुरसम्मको १० किलोमिटर खण्ड कालोपत्र गरिने भएको छ । त्यसका लागि ठेक्का...
-
सङ्खुवासभामा वर्षासँगै आएको पहिरोले स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिए
काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा वर्षासँगै आएको पहिरोले एक घरसहित स्वास्थ्य केन्द्र र निर्माणाधीन अस्पताल पुरिएका छन् । शुक्रबारदेखिको लगातारको...