ताजा समाचार

आईसीसी टी–२० विश्वकप छनोटः नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । आईसीसी टी–२० आई विश्वकप एशिया छनोट अन्तर्गत  सेमिफाइनलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।

यूएईविरुद्ध सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। १४ बलमा १३ रन बनाएर खेलेका आशिफ खान आउट भएका हुन्।

पहिलो सफलता सोमपाल कामीको बलमा ब्याट्सम्यान खलिद साह तीन रन बनाएर रनआउट भएका हुन्।

दोस्रो सफलता कामीको बललाई करण केसीले क्याच गरेका हुन्। युएईका कप्तनान ब्याट्सम्यान मोहम्मद वासिमको आउट भएका हुन्।

नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। नेपालले समूह चरणमा सिंगापुरलाई ८ र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

यद्यपि, अन्तिम खेलमा भने ओमानसँग ५ रनले पराजित भएको थियो। यूएई भने समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यूएईले बहराइन र कुवेतलाई समान ५ विकेट र हङकङलाई २२ रनले पराजित गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org