बीपी प्रतिष्ठानका पूर्वउपकुलपति गिरीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी दर्ता
काठमाडाैँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी दर्ता भएको छ।
विवादस्पद छवि भएका पूर्वउपकुलपति डा. गिरी विरुद्ध भ्रष्टाचारको आरोपमा उजुरी नम्बर C-०२८४४६ दर्ता भएको अख्तियारको स्रोतले जानकारी दिएको छ ।
वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरीमा करिब १० करोड मूल्य बराबरको २० थान भेन्टिलेटर खरिदमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद लगायतका आधा दर्जन व्यक्तिहरुको मिलोमतोमा व्यापक अनियमिता भएको ठहर प्रतिष्ठानद्वारा गठित एक छानविन समितिले गरेको छ ।
धरान उपहानगरपालिका र स्थानीय सर्वसाधरणले करोडौँ मूल्यका उपकरणहरु मेडिकल स्टोरमा थन्काएर राखेको भनी विरोध हुन थालेपछि वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले २०८० साउन २४ गते ७ दिन भित्र राय सुझाव सहित प्रतिवेदन दिन आन्तरिक रुपमा अप्थाल्मोलाेजी विभागका प्रा.डा. पुनम लाभाजुकाे संयोजकत्वमा गठित ७ सदस्यीय छानविन समितिले व्यापक अनियमिता भएको ठहर गर्दै उक्त खरिद प्रकृया नै रद्द गर्न सिफरिस गरेको हो ।
गिरीविरुद्ध किर्ते कागजातसम्वन्धि मुद्दासमेत विशेष अदालतमा विचाराधिन छ । डा. गिरीले आफू ‘प्रोफेसर’ भएको भन्दै प्राध्यापक पद प्रयोग गर्दै आएका थिए। तर, छानबिनका क्रममा उनले कुनै पनि विश्वविद्यालयबाट प्राध्यापक पद नपाएको देखिएको अख्तियारले जनाएको छ।
अख्यितयारले भनेको छ, ‘डा. ज्ञानेन्द्र गिरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति जस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्ने क्रममा अरूले विश्वास गरोस् भनी बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको नपाएको ओहदा पाए भनी अरूले विश्वास गर्ने गरी प्रोफेसर पद प्रयोग गरेको देखिएको र निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूर भएकाले निज ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिमको कसूरमा सोही ऐनको दफा १५ बमोजिम सजाय हुन र सोही ऐनको दफा २४ बमोजिमको थप सजाय समेतको माग दाबी लिइएको छ।’
Comments
अरु समाचार
-
मोटरसाइकल दुर्घटनामा पत्रकारको मृत्यु
काठमाडौं । जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा२१च...
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...