एमाले नेता राजेन्द्र गौतमले भने- टिकटक बन्द गर्ने निर्णय खेदजनक र भर्त्सनायोग्य छ
काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले टिकटक बन्द गर्ने सरकारको निर्णय खेदजनक र भर्त्सना योग्य भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रचण्ड सरकारको सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय खेदजनक, भर्त्सना योग्य, स्वेच्छचारी कदम भएको बताएका छन् । गौतमले यसको नियमन गर्नुपर्दा कानून बनाएर गर्नुपर्ने बताए ।
‘अलोकतान्त्रिक बाटोबाट संसद्लाई छलेर तानाशाही ढंगले टिकटक जस्तो लोकप्रिय सामाजिक सञ्जाल बन्द गरेर होइन, सामाजिक सञ्जाललाई कानून बनाएर नियमन गर्ने,दर्ता अनिवार्य गर्नुपर्ने, तिनलाई करको दायरामा ल्याएर व्यवस्थित गर्नुपर्नेमा सामाजिक सञ्जाल टिकटकलाई नै बन्द गर्ने कुराले सरकारको नियत प्रष्ट भएको खुलासा भएको छ’, गौतमले फेसबुकमा लेखेका छन् ।
सरकारले टिकटक बन्द गर्ने निर्णय गरेर कार्यान्वयनका लागि प्रक्रिया अघि बढाइसकेको छ । यसको चौतर्फी विरोध भएपनि सरकारले बन्द गर्ने नै निर्णयमा पुगेको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न गठित समितिको बैठक बस्दै
६ जेठ, काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन दलहरु प्रयासमा छन् । त्यसका...
-
राष्ट्रियसभा बैठक बस्दै, प्रतिवेदन तथा अध्यादेश पेस गर्ने कार्यसूची
काठमाडौँ । राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।बैठकमा...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...