‘प्रधानमन्त्री कुलपति हुने व्यवस्था व्यवहारिक छैन’: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था अव्यवहारिक भएको बताएका छन्।
शुक्रबार धुलिखेलमा भएको उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरणबारे राष्ट्रिय उपकुलपति सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले भने,‘प्रधानमन्त्री सबै विश्वविद्यालयमा कुलपति हुने व्यवस्था निश्चय नै व्यवहारिक होइन,यो अव्यवहारिक छ,तर त्यसको विकल्प खोज्दा विश्वविद्यालयहरूको नेतृत्व चयनदेखि तार्किक कार्यक्रम सञ्चालन सम्म कुनै निहित स्वार्थयुक्त समूहमा नपरून भन्नेमा पनि उत्तिकै सहज हुन जरूरी छ, नयाँ विकल्प खोज्न सकिन्छ।’
उनले प्राविधिक उच्च शिक्षा प्राप्तिका लागि दक्ष शक्तिको लागि लगानी आवश्यक रहेको तर पर्याप्त मात्रामा राज्यले लगानी गर्न नसकेको बताए।
‘नेपालमा विश्वविद्यालय खोल्न होड छ,तर,विद्यार्थीहरूको अभावले संकट छ,रोजगारी सिर्जना हुन सकेको छैन,’उनले भने। उनले विश्वविद्यालयको एकीकृत क्यालेन्डर कार्यान्वयन भइरहेको पनि बताए।
उनले उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिक क्रिडास्थल नबनाउन आफू दृढ रहेको बताए।
सरकारको कार्य विभाजन नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ४८ वटा काम कर्तव्यहरू विभाजन गरिएको छ। जसमा सरकार सञ्चालनदेखि लिएर मातहतका निकायको नियन्त्रण, निर्देशनसम्मका काम पर्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर ५० भन्दा बढी निकायका अध्यक्ष, संरक्षक तथा कुलपति छन्।
विश्वविद्यालय, अनुसन्धान निकाय तथा शैक्षिक प्रतिष्ठानहरूमा प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था गरिएको हुन्छ। यसबाहेक मन्त्रालयपिच्छेका परिषद्, समिति र आयोगका अध्यक्ष पनि प्रधानमन्त्री हुन्छन् भने मुलुकको विकास र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका भएका लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विकास परिषद्जस्ता निकायको अध्यक्षको जिम्मेवारी पनि प्रधानमन्त्रीकै थाप्लोमा हुन्छ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












