जतिय विभेद गरेको आरोपमा वडाध्यक्षलाई कैद सजाय
काठमाडौं । पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा साढे ४ महिना कैद फैसला भएको छ।
जिल्ला अदालत कास्कीले बिहीबार साढे ४ महिना कैदसहित ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको सूचना अधिकारी सुरज अधिकारीले बताएका छन्।
जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजालसले उक्त फैसला गरेको उनले जानकारी दिए। ‘जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ’, उनले भने।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ (क) बमोजिम फैसला भएको उनको भनाइ छ। उक्त दफामा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ। सोही ऐनको दफा ७ (२) अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले उफदफा १ बमोजिमको कसुर गरेमा सो उफदफामा उल्लिखित भएअनुसार थप ५० प्रतिशत सजाय थपिने उल्लेख छ।
पोखरा– २४ की वडासदस्य मैया नेपालीले २०७९ माघ ५ गते जिल्ला अदालत कास्कीमा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर मुद्दा दर्ता गराएकी थिइन्। त्यो भन्दा पहिले नै वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत २०७९ पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन्। त्यसलगत्तै प्रहरीले अभियुक्त वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो।
जिल्ला न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासमा भएको थुनछेक बहसपछि वडाध्यक्ष अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। गत वर्षको माघ ६ गते धरौटीमा रिहा गर्न अदालतले आदेश दिएपछि उनले सोही दिन रकम बुझाएर रिहा भएका हुन्।
कसुर ठहरिएका वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित भएका हुन्। वडामा दलित महिला सदस्य मैयाँ नेपालीसहित ४ जना सदस्य एमालेबाट निर्वाचित भएका हुन्।
Comments
अरु समाचार
-
जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४...
-
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते
काठमाडौं । दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर...
-
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नूनढाकीबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी...
-
जनकपुरधाममा रु ८० लाख लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट रु ८० लाख लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख २४...
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...