आजको राशिफलः २०८० मंसिर १९ गते मंगलवार
मेषः बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। अध्ययनमा राम्रो उपलब्धि हुनेछ।
वृषः प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले केही नयाँ कामतर्फ अग्रसर भइनेछ।फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।
मिथुनःबेसुरमा काम गर्ने बानीले समस्या पर्ला। अरूका लागि उपयोग भइनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीहरूले दुःख दिनेछन्, सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला।
कर्कटः मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। तत्काल सामान्य लाभ भए पनि पछिलाई फाइदा हुनेछ।अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले काम बन्नेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
सिंहः व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ। कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ।
कन्याः व्यवहारमा आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। केही अवसर प्राप्त भए पनि लगानी सदुपयोग गर्न नसकिएला। भैपरी आउने समस्याले फजुल खर्च बढाउन सक्छ। अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
तुलाः रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि लाभ उठाउन सकिनेछ।आयस्रोत राम्रो हुनाले रकम सञ्चय हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।
वृश्चिकः काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। परिवारमा पनि असमझदारी देखापर्ने समय छ। समय केही असहज बन्नाले सामान्य कामलाई पनि धेरै मिहिनेत गर्नुपर्ला। साइनो गाँस्नेहरूले अरूका काममा फसाउन सक्छन्। मिहिनेतअनुसार लाभांश कम मात्र प्राप्त हुनेछ। इष्टमित्र र शुभचिन्तकहरूसँग सुमधुर सम्बन्ध बनाइराख्नुहोला।
धनुः विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। लोकप्रियताले पदीय जिम्मेवारी दिलाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
मकरः परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत केही कमजोर देखिए पनि फजुल खर्च बचाउन सकिनेछ।
कुम्भः व्यवहारमा मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्य आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। घरेलु असमझदारीले केही समस्या निम्त्याए पनि परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। वादविवादबाट अलि सतर्क रहनुहोला।
मीनः ईर्ष्या गर्नेहरूले सताउनेछन्। तापनि प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। केही खर्च लागे पनि रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।अवसर प्राप्त भए पनि फजुल खर्चले समस्या निम्त्याउन सक्छ। फसेको रकम तत्काल नउठ्न सक्छ। मिहिनेत गर्दागर्दै पनि काममा पछि परिनेछ।
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...












