ताजा समाचार

गंगा दाहालले काेसँग कति पैसा लिएकी छन् सबै प्रमाण सार्वजनिक गर्छुः अमरेश कुमार सिंह

काठमाडाैँ । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डकी स्वकीय सचिव (छाेरी) गंगा दाहालले व्यापारीसँग लिएकाे घुसकाे प्रमाण आफूसँग सुरक्षित रहेकाे बताउँदै सार्वजनिक गरिदिने चेतावनी दिएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत सिंहले यस्ताे चेतावनी दिएका हुन् ।

‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गंगा दाहालले कुन-कुन व्यापारीसँग कुन-कुन मामिलामा कति रकम बुझेका छिन् त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु’, अमरेशले लेखेका छन्  ।

उनकाे स्टाटसमा कमेन्ट गर्ने अधिकांशले तत्कालै प्रमाण सार्वजनिक गर्न सुझाव दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org