ताजा समाचार

राष्ट्रियसभा उम्मेदवार छनोट गर्न माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौँ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।

गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।
‘राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि बैठक बोलाइएको हो । गठबन्धनको बैठकपछि पदाधिकारी बैठक बस्छ’, उनले भने ।

शनिवार राति चार दलबिच सिट बाँडफाँटमा सहमति भएको थियो । तर जसअनुसार माओवादीले ६ सिट पाउने भनिए पनि एकीकृत समाजवादीले थप एक सिट दाबी नछाडेपछि अहिले गठबन्धनको बैठक बसिरहेको छ । नेताहरूका अनुसार बैठकमा सातै प्रदेशमा क्लस्टर मिलाउने काम भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org