ज्यानमुद्दामा फरार अभियुक्त ३० वर्षपछि पक्राउ
काठमाडौं । कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताए ।
उनले भने, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ, यो प्रहरीको सफलता हो ।” उनका अनुसार ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट विभिन्न घटनामा संलग्न फरार प्रतिवादीलाई यही पुस २२ गते पक्राउ गरिएको हो ।
पक्राउपर्नेमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ का ५० वर्षीय कृपाराज राई, सोही ठाउँका ४६ वर्षीय नगेन्द्रकुमार राई, ५५ वर्षका विदुरकुमार राई, ५४ वर्षका भिमराज राई र ४२ वर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्रलाई धरान, विदुरलाई उदयपुरको बेलका, भिमराजलाई उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रनाउ पाठकले जानकारी दिए ।
घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो भने हत्याका मुख्य प्रतिवादी शुक्रदेव राई फरार रहेको अवस्थामा मृत्यु भइसकेको जानकारी आएकाले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रहरीका अनुसार २०५० साल मङ्सिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साविक कोट गाउँविकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । विसं २०६१ भदौ २८ गते जिल्ला अदालतले शुक्रदेवलाई २० वर्ष र घटनामा संलग्न अन्य सहयोगीलाई तीन वर्ष कैदको सजाय सुनाएको थियो ।
विसं २०५० कात्तिक २७ गते लक्ष्मी पुजाका दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दै राजधनलाई समेत कुटपिट गरेको थियो । सो घटनाका विषयमा मङ्सिर ३ गते छलफल गरी मिलाउने क्रममा पुनः विवाद भई राजधनलाई कुटपिट गर्दा शुक्रदेवले खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको प्रहरीको घटना विवरणमा उल्लेख छ ।
Comments
अरु समाचार
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
दुर्घटना हुँदा दुईजनाको मृत्यु
काठमाडौं । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुइजनाको मृत्यु भएको छ । लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
टी–२० क्रिकेटमा इंग्ल्यान्डसँग अस्ट्रेलिया तीन विकेटले पाराजित
काठमाडौं । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा...
-
भाइको हत्या अभियोगमा एकजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले भाइको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–८...
-
बागलुङ दुर्घटनामा अपडेटः गाउँपालिका उपाध्यक्षको मृत्यु, अन्यको सनाखत हुन बाँकी
काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु...
-
आफन्तलाई थाहै नदिई शव पुर्याइयो घाटमा, प्रहरीले नियन्त्रणमा लिएर पोस्टमार्टम गर्दै
काठमाडौं । पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदिकिनारमा सदगदका लागि पुराइएको शव गोरखा प्रहरीले बरामद गरी गोरखा अस्पताल ल्याएको छ । शवको...
-
२ सय ३५ किलो गाँजासहितको बोलेरो नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरीले सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाबाट गाडिसहित २३५ किलो गाजा नियन्त्रणमा लिएको छ। गाउँपालिकाको फुलचोकबाट दक्षिण सीमा...
-
खोलाले बगाउँदा दुई जनाको मृत्यु
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको...