हुथी विद्रोहीमाथि अमेरिका र बेलायतको एकसाथ हवाई हमला सुरु
काठमाडौं । अमेरिका र बेलायती सेनाले यमनमा हुथी विद्रोही समूहविरुद्ध हवाई आक्रमण गरेका छन् । बीबीसीका अनुसार विमान, जहाज र पनडुब्बीबाट एकसाथ आक्रमण गरिएको छ । यमनको राजधानी साना, हुदीदाहको बन्दरगाह, धामार सहर र उत्तर–पश्चिमी हुथी गढ सादामा एकसाथ आक्रमण भएको बताइएको छ ।
ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ताले लाल सागरमा कार्गो पानी जहाजमाथि हुथी विद्रोहीले लगातार आक्रमण गरेपछि प्रतिकार सुरु गरिएको बताए । अमेरिकी रक्षा मन्त्रालयले नोभेम्बर १९ यता हुथी विद्रोहीले लाल सागरमा २७ वटा जहाजमा आक्रमण गरेको दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले रेड सी मा हूथी विद्रोहीले गत नोभेम्बरयता पानी जहाजहरूमाथि गरिरहेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन्। हूथी विद्रोहीलाई इरानले समर्थन गरेको बताइन्छ ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गर्दै रोयल एयर फोर्सका युद्ध विमानहरूबाट निश्चित सैन्य निसानामा आक्रमण गरिएको बताएका छन्। उनले यो आक्रमण अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम भनेका छन् ।
हुथीहरूले इजरायल जाने जहाजलाई निशाना बनाउने गरेका छन् भने उनीहरूलाई इरानले समर्थन गरेको छ । हुथी सशस्त्र समूहले प्यालिस्टिनी लडाकु समूह हमासलाई समर्थन गर्दछन् ।
Comments
अरु समाचार
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...