पोखरामा आजदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल
कास्की । पोखरामा आजदेखि चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता सुुरु हुँदैछ ।खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँका अनुसार उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र नेपाल आर्मी क्लबबीच हुनेछ । यसैगरी, महिलातर्फ विभागीय टोली एपीएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । प्रतियोगिताका लागि रङ्गरोगन, सरसफाइ, स्टेज तथा अस्थायी प्यारापिट निर्माण गरी खेलमैदानको मर्मतसम्भार गरिएको छ ।
प्रतियोगितामा पहिलोपटक दुई विदेशी क्लब र सहभागी टोलीमा विदेशी खेलाडी सामेल भएपछि प्रतियोगिता विगतका संस्करणमा भन्दा थप रोचक र प्रतिस्पर्धी हुने शर्माको विश्वास छ । प्रतियोगिताका लागि पोखरा रङ्गशाला भलिबल ट्रेनिङ सेन्टरमा १० हजार जना अट्ने अस्थायी प्यारापिट तयार गरिएको छ ।
हरेक दिन महिला र पुरुषतर्फका दुई–दुई गरी चार खेल हुने प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिनुभयो । भारत हरियाणा राज्यको महिला पुलिस क्लब पहिलोपटक प्रतियोगिताका लागि पोखरा आइपुगेको छ । यसैगरी, चन्द्रागिरि नगरपालिका न्यू डायमन्ड स्पोर्टस क्लब, गण्डकी प्रदेश र तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुवन क्लब र सशस्त्र प्रहरीको एपीएफ गरी छ टोलीले सहभागिता जनाउनेछन् ।
पुरुषतर्फ श्रीलङ्काको आर्मी टोलीले पहिलोपटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल साथमा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी, उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषलाई जनही नगद रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसैगरी, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादनसहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकको विश्वास छ । प्रतियोगिता माघ ६ गतेसम्म सञ्चालन हुनेछ ।
Comments
अरु समाचार
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...












