ताजा समाचार

राष्ट्रपतिले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई शीतल निवास बोलाए

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूलाई शीतल निवासमा बोलाएका छन् ।

माघी पर्वका अवसरमा आज बिहान ११ बजे सबै संसदीय दलका नेताहरूलाई शीतल निवासमा बोलाएका हुन् । माघी पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्न नेताहरूलाई बोलाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

आज माघे सङ्क्रान्ति पर्व देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org