आजको राशिफल: २०८० साल माघ २ गते मंगलबार
मेष: हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। हल्लाको विश्वास गर्दा धोका पाइनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला। पछिका लागि काम गर्न सकिनेछ।
वृष: प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यावसायमा फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ।
मिथुन: साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले धनलाभ हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ।आफ्नै वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन्। बोलीको गलत अर्थ लाग्न सक्छ। सञ्चित रकम खर्च हुनेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला।
कर्कट :अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर सहयोगीहरूको भरपर्दा पछि परिएला। आगन्तुकहरूले अलमल्याउन सक्छन्।
सिंह : आकस्मिक खर्च बढ्नेछ भने आम्दानी कम हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।
कन्या: प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। पेसा–व्यवसायमा कम फाइदा हुनेछ। धनमाल हराउने तथा आर्थिक हानि हुने समय रहेकाले सतर्कता अपनाउनुहोला।सञ्चित धनको उपयोग गर्नुपर्ने हुन सक्छ। तत्काल सोचेको लाभ भने नउठ्न सक्छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा लगानीको जोहो गर्नुपर्ने समय छ।
तुला: मिहनेतले नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक दायित्व हातलागी हुनेछ। व्यापार बढ्नेछ, आयस्रोत सबल बन्नेछ र उठ्नुपर्ने रकम हातलागी हुनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाट उपलब्धिमूलक रहनेछ। अरूलाई प्रभावित पारेर लाभ उठाउन सकिनेछ।
वृश्चिक: जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। रोकिएका काम बन्नेछन् र पेसा–व्यवसायमा फाइदा हुनेछ।पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ।
धनु: तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। स्वास्थ्य कमजोर रहनेछ भने काममा सोचेको नतिजा प्राप्त नहुनाले आर्थिक क्रियाकलापमा बाधा पुग्न सक्छ।
मकर: समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। गोप्य सूचना बाहिरिनाले समस्या पर्नेछ, सजग रहनुहोला। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। किनमेलमा अधिक खर्च हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ।
कुम्भ: रोकिएको काम सम्पादन हुनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रु र रोग परास्त हुनेछन्। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ।प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्।
मीन: स्वास्थ्यका कारण अध्ययनमा जुट्न नसकिएला। अरूका लागि धन र बुद्धि खर्चनुपर्ला। आवश्यकता पहिचान गर्न नसक्दा काममा पछि परिनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले लक्ष्य प्राप्त हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।
Comments
अरु समाचार
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...












