सीको भ्रमणले नेपाल-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो: उपमन्त्री हायान
काठमाडाैँ । नेपाली भ्रमणमा रहेकी चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएकी छिन् ।
आइतबार होटल सोल्टीमा आयोजित नेपालका राजनीतिक दलका नेताहरूसँगको छलफलमा उपमन्त्री हायानले नेपाल-चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति सीको भ्रमणले काम गरेको बताएकी हुन् । ‘राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो,’ उनले भनिन्, ‘मेरो भ्रमण पनि सम्बन्धलाई अझै उचाइमा पुर्याउन हो । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्छ ।’
उनले नेपालका लागि चिनियाँ राजदूतले मिहिनेत गरेर जनतासँगको सम्बन्धलाई अगाडि बढाइरहेको पनि बताइन् । ‘नयाँ परिस्थितिमा नेपाल र चीनबीच कस्तो सम्बन्ध कस्तो हुनुपर्छ ? अनि कसरी अगाडि बढ्नुपर्छ ? मेरो भ्रमणको उद्देश्य यी दुई विषयमा हुन्,’ उनले भनिन् ।
उपमन्त्री हायानले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता आतुर रहे पनि लगानीका लागि नीतिगत समस्या रहेको बताइन् । ‘नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताले चाहिरहेका छन् । तर, लगानीका लागि नीतिगत समस्या रहेछ,’ उनले भनिन्, ‘मैले हिजो मात्रै नेपालमा रहेका चिनियाँ लगानीकर्तासँग कुरा गरेकी थिएँ । नेपालका परियोजनाहरू कोभिडका कारण मात्र होइन, विभिन्न कारणले ढिला हुने गरेका रहेछन् ।’
उनले एकता, विश्वास र पारस्परिक सम्बन्ध कायम राख्न सक्नुपर्ने बताइन् । उपमन्त्री हायानले कठिनाइमा दुवै देशले मिलेर काम गर्नुपर्ने बताइन् । कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्याल, एमाले महासचिव शंकर पोखरेल, कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रका नेता राम कार्की, रास्वपाका सांसद शिशिर खनाललगायत नेताहरू सहभागी छन् ।
Comments
अरु समाचार
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...
-
मध्यपूर्वमा बढ्यो युद्धको खतरा, इजरायलद्वारा लेबनानमाथि सयभन्दा बढी रकेट आक्रमण
काठमाडौं । मध्यपूर्वमा युद्धको खतरा बढेर गएको छ । लेबनानमा मङ्गलवार र बुधवार भएको वाकीटकी र पेजर विस्फोट पछि बिहीवार...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
सुरु भयो पदयात्राको याम
काठमाडौं । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम पदयात्राका लागि अत्यन्त राम्रो...