टर्कीका राष्ट्रपतिद्वारा गाजामा इजरायली आक्रमणबिरूद्ध इस्लामिक देशहरूलाई एकताको लागि आह्वान
इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले शुक्रबार गाजा पट्टीमा जारी इजरायली आक्रमणको प्रतिक्रियामा एकताबद्ध भएर काम गर्न इस्लामिक देशहरूलाई आह्वान गर्नु भएको छ। इस्तानबुलमा आयोजित इस्लामिक सहयोग युवा मञ्चको पाँचौं महासभालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
‘हामी हाम्रो कूटनीतिक सम्पर्क जारी राखिरहेका छौं ताकि इस्लामिक देशहरूले गाजामा इजरायली क्रूरता विरुद्ध एकजुट हुन सकून्,’ एर्डोगानले भन्नुभयो ।
इजरायलले गरेको मानवता विरुद्धको अपराध र युद्ध अपराधलाई अन्तरराष्ट्रिय क्षेत्रमा नजरअन्दाज नगर्ने कुरा सुनिश्चित गर्न कडा मेहनत गरिरहेको उहाँको धारणा छ। यसैबीच उहाँले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्यालेस्टाइन राज्यको स्थापनालाई समर्थन गर्ने टर्कीको प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
‘हामी हाम्रो संघर्ष जारी राख्नेछौं जबसम्म एक स्वतन्त्र र क्षेत्रीय रूपमा एकीकृत प्यालेस्टाइन राज्यको स्थापना पूर्वी जेरुसेलमको राजधानीको रूपमा १९६७ सीमानामा हुँदैन,’एर्डोगानले भन्नुभयो । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरी १ हजार २०० जनाको हत्या गरेपछि इजरायलले हमास(शासित गाजा विरुद्ध ठूलो सैन्य आक्रमण गरिरहेको छ । त्यसयता इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...