पाकिस्तानको आमचुनावमा कुनै दलले पनि बहुमत ल्याएनन्
इस्लामावाद । पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय ५३ सिटको नतिजा सार्वजनिक हुँदा कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन नसक्दा अब गठबन्धन सरकारको सम्भावना बढेको छ । त्यहाँ गएको बिहीवार चुनाव भएको थियो ।
पूर्वप्रधानमन्त्री इमरान खानको दल पाकिस्तान तेहरिक–ए इस्लाम (पीटीआई) समर्थित स्वतन्त्र उम्मेदवार सबैभन्दा धेरै एक सय सिटमा विजयी भएका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) दोस्रो र पूर्व विदेशमन्त्री विलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी ९पीपीपी० तेस्रो भएका छन् । पीएमएल–एनले ७१ र पीपीपीले ५४ सिट जितेको छ । अन्य दल २८ सिटमा विजयी भए ।
चुनावको औपचारिक नतिजा घोषणा हुन बाँकी नै छ । पाकिस्तानमा ३ सय ३६ सदस्यीय संसद् छ । तीमध्ये २ सय ६६ सिटमा प्रत्यक्ष चुनाव हुन्छ । जसअनुसार सरकार गठनका लागि कम्तीमा एक सय ३४ सांसदको समर्थन आवश्यक छ । समानुपातिक प्रणालीबाट चुनिने ७० सिटमध्ये भने ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि छुट्याइएको छ ।
पूर्वप्रधानमन्त्री खानले चुनावी नतिजा आफ्नो पक्षमा आएको दाबी गर्नुभएको छ । तर उहाँ अहिले जेलमा हुनुहुन्छ । निर्वाचन आयोगले चुनावअघि नै खानको दललाई प्रतिबन्ध लगाएको थियो । त्यसैले पीटीआईका नेताहरू स्वतन्त्र हैसियतमा चुनावमा भाग लिएका हुन् ।
पूर्वप्रधानमन्त्री सरिफले पनि चुनावमा आफ्नो दल विजयी भएको दाबीसहित सरकार गठनका लागि अन्य दललाई गठबन्धनमा सहभागी हुन आग्रह गर्नुभएको छ । शरीफका भाइ शहबाज शरीफले कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा गठबन्धन सरकार बनाउन पीपीपीका बिलावल भुट्टो जर्दारीसँग हात मिलाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
चुनावी नतिजापछि पाकिस्तानी सेना प्रमुख जर्नेल असिम मुनिरले देशलाई ध्रुवीकरणको राजनीतिबाट बाहिर निकाल्न आह्वान गर्नुभएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । लोकतन्त्र र देशको हितका लागि एउटा स्थिर नेतृत्व आवश्यक रहेको उहाँको भनाइ छ । केही विश्लेषकले पछिल्लो चुनाव विश्वसनीय हुन नसकेको टिप्पणी गरेका बीबीसीले जनाएको छ । यस्तै बेलायत र अमेरिकाले पनि हस्तक्षेप वा धाँधलीको दाबीमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...