गाजा युद्धविराम प्रस्तावमा अमेरिकी भिटोको अरब लिगद्वारा निन्दा
न्यूयोर्क । अरब लिगका महासचिव अहमद अबोल घिटले गाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गर्नुभएको छ ।
गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल बनाउन हस्तक्षेप गरेको यो तेस्रो पटक हो । अमेरिकी कदमप्रति अबोल घिटले “गहिरो खेद“ व्यक्त गर्नु भएको छ ।
मङ्गलबार न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को आपतकालीन सत्रमा प्यालेस्टाइनी क्षेत्रमा तत्काल मानवीय युद्धविरामको माग गर्दै अल्जेरियाले अरब राष्ट्रहरूको तर्फबाट पेश गरेको प्रस्तावलाई अमेरिकाले भिटो लगाएको थियो । अमेरिकी स्थितिले अन्तरराष्ट्रिय प्रणालीको विश्वसनीयतालाई कमजोर बनाएको र संयुक्त राष्ट्रसंघले देखेको पक्षाघातमा योगदान पु¥याएको एएलको विज्ञप्तिमा अबुल घिटलाई उद्धृत गर्दै जनाइएको छ ।
अबोल घिटले यस्ता घटनामा सम्बन्धित पक्षको “राजनीतिक र नैतिक जिम्मेवारी“ लाई पनि जोड दिनुभएको छ । अबोल घिटले गाजामा इजरायली आक्रमणलाई लम्ब्याउनका लागि अमेरिकाको “राजनीतिक र नैतिक जिम्मेवारी“ रहेको आशय व्यक्त गर्नुभएको छ ।
अल्जेरियाको मस्यौदा प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन थियो भने अमेरिकाले यसको विरुद्धमा भिटो गरेको थियो । बेलायतले त्यसको विरोध गरेको थियो ।
मस्यौदा प्रस्तावमा मतदान हुनु अघि, संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस–ग्रीनफिल्डले अल्जेरियन मस्यौदाले बन्धक सम्झौताको लागि जारी प्रयासलाई खतरामा पार्ने बताउनुभयो ।
उहाँको प्रतिनिधिमण्डलले प्रतिद्वन्द्वी मस्यौदा प्रस्तावमा काम गरिरहेको छ जसले सबै बन्धकहरूलाई रिहा गर्ने सूत्रमा आधारित ‘अस्थायी युद्धविराम’ लाई आह्वान गर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...