चिनियाँ नव वर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न
काठमाडौं । चिनियाँ नव वर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष चिनियाँ नववर्ष ड्रयागन वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर,ललितपुर र कास्की पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।
सो कार्यक्रमको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङले गत पुस २९ गते यहाँ शुभारम्भ गर्नुभएको थियो । चिनियाँ नयाँ वर्षका अवसरमा नेपाल चीन मैत्री फुटबल म्याच, चिनियाँ इलेक्ट्रिकल सामग्री र लालटिन प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न दरबार,सडक,उद्यान र खेलमैदानमा आयोजना गरिएको थियो ।
चिनियाँ नववर्ष समारोह समापनका अवसरमा यहाँस्थित चिनियाँ राजदूतावासमा आज आयोजित आभार कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले चीनको उदयबाट नेपाल र नेपाली खुशी भएको र उसबाट नेपालले आर्थिक, सामाजिक र प्राविधिक विकासबारे सिक्ने बताउनुभयो । उहाँले चीन नेपालको विश्वासयोग्य विकास साझेदार भएको र उसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरेकामा कृतज्ञता पनि व्यक्त गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङ्गले पहिलो पल्ट नेपालमा मनाइएको सो कार्यक्रमले चीनबारे बुझ्ने नेपालीको सङ्ख्या ३५ प्रतिशतले बढेको र यसबाट दुई देशवीच सांस्कृतिक आदानप्रदान,ज्ञान, समझदारी र सम्बन्धले गहिरो जरा गाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्काे वर्ष समाजवादी चीन स्थापनाको ७५ वर्ष र चीन-नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष पुग्ने छ ।
चीनले नेपालसँगको सम्पर्क र सहयोग जारी नै राख्ने छ । हाम्रो सहकार्यको नयाँ सुरुआती विन्दु शुरु हुने छ र हामी मिलेर काम गर्ने छौँ ।” राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालमा आयोजित वसन्त पर्वमा नेपाल पर्यटन बोर्ड, तामाङ सङ्घसंस्था, नेपाल मार्सल आर्ट सङ्घ,काठमाडौँ, ललितपुर, भक्तपुर महानगरपालिका र नगरपालिका आदिले सहयोग गरेकामा आभार व्यक्त गर्दै यसबाट धेरै नेपालीले चिनियाँ संस्कृति बुझ्न सकेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र पर्यटन बोर्डका प्रतिनिधि नलिनी लाखेले नेपाल र चीनबीच खेलकुद तथा सांस्कृतिक– पर्यटकीय गतिविधि अझ वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । शनिबार भने चिनियाँ लालटिन पर्व मनाइने जनाइएको छ । कार्यक्रममा राजधानीका विभिन्न नगरपालिकाका प्रमुख–उपप्रमुख, नेपाल चीन मैत्री सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, यहाँस्थित चिनियाँ र नेपाली बुद्धिजीवीको सहभागिता थियो ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
सदन सञ्चालनबारे दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको ११ बजे निर्धारण गरिएको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।...
-
साविक उपाधि विजेता चेन्नेइलाई स्तव्ध पार्दै बेंग्लुरु आईपीएलको प्लेअफमा
काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ। गएराति...
-
सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदै
काठमाडौं । सर्वोच्च अदालतले आज वरिष्ठ अधिवक्ताको उपाधि दिँदैछ । बरिष्ठ अधिवक्ता सिफारिस समितिका संयोजक सर्वोच्चका न्यायाधीश प्रकाश राउतको सिफारिसका...
-
तातो हावाको लहर चल्दा तराई-मधेशमा जनजीवन कष्टकर
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम...
-
प्रतिनिधिसभाको बैठक: राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गरिने
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।...