तीन जना मन्त्रीको राजीनामासहित संसद्मा एमालेले फेरि माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादमा परेका ३ जना मन्त्री प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँतीको राजीनामा माग गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले तीन जना मन्त्रीमाथिको कारबाहीबारे संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेका हुन् ।
‘बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर्याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुदन किराँतीलाई राजीनामा गर्नुपर्ने मागबारे हामीले फागुन ६ गते देखि उठाइरहेका छौं, उनीहरुलाई तत्काल बर्खास्त गरियोस् ।’
सचेतक गिरीले प्रधानमन्त्रीले सिंगो संसदलाई जवाफ दिनुपर्नेमा छलेर हिँडिरहेको आरोप लगाए । ‘प्रतिपक्षलाई बेवास्ता गरेर बलमिच्याइँ गरेमा विगतमा संसद अवरोध भएका अनुभव छन, हामी वेल घेर्न जान नपरोस्’, गिरीले भने ।
उनले प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ गर्न सभामुखसँग माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले एउटै विषयमा पटक पटक निर्देशन गर्नु वाञ्छनीय नहुने बताए । ‘संसदमा मन्त्रीहरू उपस्थित हुनुभएको छ । प्रधानमन्त्रीको जवाफ माग भएको सम्बन्धमा सिंगो संसदको ध्यानाकर्षण गराउँछु’, सभामुख घिमिरेले भने ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...