अफगानिस्तानको कुन्दुजमा बाह्र हजार परिवार पुनः स्थापित
काठमाडौं । उत्तरी अफगानिस्तानको कुन्दुज प्रान्तमा एक बर्षमा विस्थापित करिब १२ हजार शरणार्थी परिवारहरूलाई पुनः स्थापित गरिएको अफगानी शरणार्थीमामिला व्यवस्थापनका लागि स्थापित प्रान्तीय कार्यालयले जनाएको छ ।
विगत एक वर्षमा करिब १२ हजार परिवारहरूलाई कुन्दुजमा पुनः स्थापना गरिएको उक्त कार्यालयका प्रमुख मावलवी अब्दुल वली मोहम्मदीले बताउनुभएको हो । उनका अनुसार विभिन्न देशहरूबाट फर्केका पूर्व शरणार्थीहरूमध्ये अधिकांश इरान र पाकिस्तानबाट फर्केका अफगानी नागरिक हुन् ।
स्थानीय अधिकारीको सहायता निकायसँगको समन्वयमा दुई हजार परिवारलाई नगद, खाना र कपडासहित सहयोग गरेको उनले बताए । फर्केका मानिसहरूलाई घर निर्माणका लागि थप आपूर्ति र जग्गा उपलब्ध गराउने प्रयास भइरहेको सरकारी अधिकारीले बताएका छन् ।
गत वर्ष करिब दश लाख अफगान शरणार्थीहरू फर्केका थिए र उनीहरूमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानबाट फर्केका थिए । अफगान कार्यवाहक सरकारले विदेशमा बसोबास गर्ने अफगान शरणार्थीहरूलाई घर फर्कन र आफ्नो मातृभूमिको पुनः र्निर्माणमा योगदान गर्न प्रोत्साहित गरेको मोहम्मदीले बताए ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...