बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दुवै नेताले अमेरिकी राष्ट्रपतिका लागि अर्थपूर्ण मानिएको राज्य मिचिगनमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीको प्राइमरी मतदानमा जित हासिल गर्ने अनुमान गरिएको छ ।
एनबीसी न्यूज, द एसोसिएटेड प्रेस, द वासिङ्टन पोस्ट, द वाल स्ट्रिट जर्नल, एबीसी न्यूज लगायत सञ्चारमाध्यमले उत्तरी राज्यमा स्थानीय समयअनुसार राति ८ः०० बजे मतदान सम्पन्न भएको केही मिनेटपछि उक्त प्रक्षेपण गरेका हुन् ।
राष्ट्रपति बाइडेनले मिनेसोटाका सांसद डीन फिलिप्सलाई सहजै पराजित गर्नुभएको छ । मिचिगनमा युवा साथै मुस्लिम र अरब अमेरिकी मतदातालगायत विभिन्न अधिकारकर्मीहरूले इजरायल–प्यालेस्टाइन द्वन्द्वलाई बाइडेन प्रशासनले गरेको व्यवहारको विरोधमा ‘अप्रतिबद्ध’ रूपमा मतदान गर्ने अभियानको संयोजन गरेका थिए ।
सन् २०१६ मा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई ११ हजार मतले पराजित गर्नुभएको मिचिगनमा बीस हजारभन्दा बढी डेमोक्र्याट मतदाताहरूले ‘अप्रतिबद्ध’ विकल्पको लागि मतदान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घका लागि पूर्व अमेरिकी राजदूत तथा दक्षिण क्यारोलिनाकी पूर्वगभर्नर निक्की हेलीलाई पराजित गर्दै ट्रम्पले रिपब्लिकन पार्टीको तर्फबाट जित हासिल गर्नुभएको छ ।
मिचिगनका ५५ राष्ट्रपति प्रतिनिधिमध्ये १६ जनाको मात्र प्राथमिक नतिजाका आधारमा निर्णय गरिनेछ भने बाँकी प्रतिनिधि (डेलिगेट्स) लाई मार्च २ मा हुने रिपब्लिकन कन्भेन्सनमा वितरण गरिनेछ ।
इमर्सन कलेजपोलिङ÷द हिलको नयाँ सर्वेक्षणअनुसार मिचिगनका ३१ प्रतिशत मतदाताका लागि अर्थतन्त्र सबैभन्दा ठूलो मुद्दा हो भने अन्य आप्रवासन, लोकतन्त्र, स्वास्थ्य सेवा, आवास कोलागि खतरा, शिक्षा, अपराध र गर्भपतन पहुँच उनीहरूको चासोको विषय हो ।
मिचिगन अमेरिकी राष्ट्रपतीय चुनावमा मतका हिसावले एक महत्वपूर्ण राज्य हो । ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा हिलरी क्लिन्टनलाई ०।२ प्रतिशतले पराजित गर्दै बिजयी हुनुभएको थियो । त्यसको चार वर्षपछि बाइडेनले २.८ प्रतिशत मतान्तरले जित हासिल गर्नुभएको थियो ।
अमेरिकी अधिकांश राज्यहरूमा राष्ट्रपतीय प्राइमरी मतदान हुने ‘सुपर ट्युस्डे’ ननिकँदै छ । रिपब्लिकन वा डेमोक्र्याटिक अधिवेशनहरूमा भाग लिने लगभग एक तिहाइ प्रतिनिधिहरू सामान्यतया यस दिन तय गरिन्छ । यस वर्षको ‘सुपर ट्युस्डे’ मार्च ५ मा परेको छ र उक्त दिन, लगभग १५ राज्य र एक क्षेत्रमा मतदान हुनेछ ।
आधिकारिक रूपमा पार्टीको प्रतिनिधिहरूद्वारा चयन गरिने राष्ट्रपति पदको उम्मेदवार जुलाईमा रिपब्लिकन नेशनल कन्भेन्सनभन्दा पहिले घोषणा हुनुपर्नेछ र यो जुनका लागि तय भएको छ । त्यसपछि अगस्टमा डेमोक्र्याटिक नेशनल कन्भेन्सन हुँदै सन् २०२४ को नोभेम्बर ५ मा अमेरिकी नया राष्ट्रपति चयनका लागि हुने मतदान हुनेछ ।
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...