त्रिदेशीय टी–२० सिरिज: नेपाल र नेदरल्याण्ड्सबीच आज उपाधि भिडन्त
काठमाडाैँ । त्रिदेशीय टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र नेदरल्याण्ड्स भिड्दै छन् ।
दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ । तीन देश सम्मिलित शृंखलाको शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का पारेका थिए ।
नामिबिया र नेदरल्यान्ड्सबीचको लिग चरणको अन्तिम खेल वर्षाले रद्द भएसँगै नेपाल र नेदरल्याण्ड्सबीच फाइनल भिडन्त पक्का भएको थियो ।
लिग चरणमा नेपालले नेदरल्यान्ड्स र नामिबियासँगको शुरूवाती दुई खेल गुमाउँदा पछिल्ला दुई खेलमा जीत निकालेको थियो ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हारेको थियो । तर आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रन र चौथोमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
टी-ट्वेन्टी आईका पछिल्ला पाँच खेलमा नेपालले दुई खेल जितेको छ भने नेदरल्यान्ड्सले तीन खेलमा जीत दर्ता गरेको छ ।
Comments
अरु समाचार
-
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ, विश्वकप खेल्न पठाउने क्यानको तयारी
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले...
-
क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले दियो सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै...
-
अखिल नेपाल ब्याडमिन्टन संघ गठन: अध्यक्षमा तिलक, महासचिवमा बेनुप
काठमाडौं । नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ। सत्तारुढ दल नेकपा माओवादी...
-
आईपीएल: मुम्बईलाई पराजित गरेसँगै कोलकाता शीर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित...
-
युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिड
काठमाडाैँ । रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत गए रात भएको सेमिफाइनलको दोस्रो लेगमा...
-
आईपीएलः आज पञ्जाब किंग्स र रोयल च्यालेन्जर्सबीच भिडन्त हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको ऐतिहासिक जित निकालेको...
-
इन्डियन प्रिमियर लिग: राजस्थान रोयल्यसमाथि दिल्ली क्यापिटल्सको जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ । अरुण जेटली स्टेडियममा भएको खेलमा...
-
ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । रियल मड्रिडले ३६औं पटक स्पानिस ला लिगाको उपाधि जितेको छ । ला लिगामा दोस्रो स्थानको बार्सिलोना शनिबार राति...
-
वेस्ट इन्डिज ‘ए’ माथि नेपालको ६ विकेटको जीत
काठमाडौं । ओपनर आसिफ शेख र अनिल साहको अर्धशतकप्रेरित नेपालले ट्वान्टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’विरुद्ध ६ विकेटको सहज...