महिला फुटबल टिमका प्रशिक्षक तामाङले किन दिए राजीनामा ?
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल खेलको नतिजा बंगलादेशको पोल्टामा पुगेपछि प्रशिक्षक तामाङले राजीनामा घोषणा गरेका छन्।
उनले अब राष्ट्रिय टोलीसँग काम नगर्ने र क्लब फुटबलमा नै जाने जानकारी दिए। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको फाइनलमा नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि उचालेको हो।
छैटौँपटक फाइनल पुगेको नेपाल फेरि पनि उपविजेतामा सीमित बनेको हो।अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८० माघ १० मा तामाङलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसअघि उनले थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब सम्हालेका थिए।
तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा पनि नेपाली टोली सम्हालेका थिए। उक्त प्रतियोगितामा पनि नेपाल फाइनलमै पराजित भएको थियो। जोर्डनले नेपाली टोलीमाथि विजय प्राप्त गरेको थियो।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौँ हार हो भने समग्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सन् २०१० यता नेपाली राष्ट्रिय महिला टोलीको १२ औँ हार हो।
Comments
अरु समाचार
-
भीम रावल नेतृत्वको अभियान र नेकपाबीच ७ बुँदे सहमति
काठमाडौँ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच ७ बुँदे सहमति भएको छ...
-
‘फागुन २१ गते निर्वाचनमा सहभागी नभए व्यवस्था नरहने खतरा’
काठमाडौं। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था नरहने खतरा औंल्याएका छन्।...
-
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
काठमाडौं । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास...
-
मुख्यमन्त्री र मन्त्री नियुक्तिविरुद्ध आज पनि मधेशमा आन्दोलन
जनकपुरधाम । मधेश प्रदेशमा नेकपा एमालेको मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दलले बुधबार पनि आन्दोलन जारी रहने जनाएको छ । मंगलबार...
-
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएकी छन्...
-
१२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा
काठमाडौं । १२ उपसचिवसहित ४३ कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार...
-
यस्तो छ एनपीएल क्रिकेटको दोस्रो संस्करणको खेल तालिका
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हिजो...
-
नेपाल-चीन कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने तयारी, गृह र अध्यागमन विभागको टोली अवलोकनमा
काठमाडाैं । गृह मन्त्रालय र अध्यागमन विभागको टोलीले नेपाल–चीन सीमाको कोरला नाका अवलोकन गरेको छ । पोखराबाट हवाई मार्ग हुँदै...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...












