बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० भन्दा बढी विद्यार्थीे अपहरण
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।
अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना बनाएका छन् । यद्यपि हालै यस्तो आक्रमण कम भएको छ ।
कदुना राज्यमा स्थानीय अधिकारीहरूले बिहीबार कुरिगा विद्यालयमा अपहरणको आक्रमण भएको पुष्टि गरेका छन् तर कति विद्यार्थीलाई अपहरण गरिएको हो भन्नेबारे अझै पत्ता लगाउने काम भइरहेकाले अपहृतको यकिन सङ्ख्या दिएका छैनन् ।
चिकुन जिल्लाको जिएसएस कुरिगा विद्यालयका शिक्षकमध्ये एक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले हावामा गोली चलाइरहेका बेला विद्यार्थीसहित कर्मचारीहरू भाग्न सफल भएको बताए ।
“फेरि पनि हामीले अपहृतहरूको वास्तविक सङ्ख्या निर्धारण गर्न काम सुरु गरेका छौँ”, विद्यालय भ्रमण गर्ने अधिकारीहरूलाई उनले भने, “जिएसएस कुरिगामा एक सय ८७ विद्यार्थी बेपत्ता छन् भने प्राथमिक विद्यालयमा एक सय २५ विद्यार्थी बेपत्ता भए पनि २५ फर्केर आएका छन् ।”
“दुई सय ८० भन्दा धेरै विद्यार्थी अपहरण भएका छन्, हामीले सुरुमा दुई सय अपहरणमा परेको सोचेका थियौँ तर सावधानीपूर्वक गरिएको गणनापछि अपहृत विद्यार्थीको सङ्ख्या दुई सय ८० भन्दा केही धेरै छ”, स्थानीय बासिन्दा मुहम्मद एडमले भने ।
स्थानीय अधिकारी र प्रहरीले अपहृतको सङ्ख्याबारे कुनै आँकडा दिएनन् । प्राय हमलाबाट भागेका मानिसहरू घर फर्केपछि नाइजेरियामा अपहृत वा बेपत्ता मानिसको आँकडा कम गरिन्छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...