राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्नेमा गभर्नर अधिकारीको जोड
काभ्रे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंक र अर्थतन्त्रका सूचनाको सही विश्लेषण हुनु पर्ने बताएका छन् । राष्ट्र बैंक बैंकिङ प्रशिक्षण केन्द्रले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँग सहकार्यमा आयोजित आर्थिक पत्रकारका लागि २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
अर्थतन्त्र र राष्ट्र बैंकसँग जोडिएका तथ्याङ्क र सूचनाहरू जटिल प्रकृतिका र प्राविधिक हुने भन्दै गभर्नर अधिकारीले त्यसलाई सर्वसाधारणले सहज ढंगले बुझिने भाषामा प्रस्तुत गर्नु पर्ने आवश्यकता रहेको बताए । अहिलेको अवस्थामा अर्थतन्त्र र राष्ट्र बैंक एवम् बैंकहरू तथ्याङ्कको भारीले थिचिएको उनको भनाई छ । संस्थागत रुपमा तयार भएका त्यस्ता तथ्याङ्कहरू सहज ढंगबाट आर्थिक पत्रकाहरु मार्फत आम सर्वसाधारणमा प्रवाह हुन जरुरी भएको गभर्नर अधिकारीले बताए ।
‘राष्ट्र बैंक र अर्थतन्त्रका सूचना र तथ्याङ्कहरू प्रशस्त छन् । तर, यसको सही र सरल विश्लेषण हुनु जरुरी छ,’ गभर्नर अधिकारीले भने, ‘संस्थाहरूमा रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका आर्थिक तथ्याङ्कहरू आर्थिक पत्रकारहरूले जनताले बुझ्ने ढंगले प्रस्तुत गरेर जनतासम्म पुर्याउन जरुरी छ ।’
गभर्नर अधिकारीले आर्थिक पत्रकारहरूलाई प्रदान गरिने यस्तो प्रशिक्षण नियमित गर्ने भन्दै प्रशिक्षणको लाभ उठाउन सहभागी आर्थिक पत्रकारहरूलाई आग्रह गरे । अर्थतन्त्र र मौद्रिक नीतिका क्षेत्रमा दैनिक रिर्पोटिङ गर्ने आर्थिक पत्रकारहरूलाई प्रदान गरिने तालिमबाट राष्ट्र बैंकले पनि सिक्ने भन्दै गभर्नर अधिकारीले नाफिजका सदस्यताहरूको क्षमता पनि अभिवृद्धि हुने धारणा राखे ।
राष्ट्र बैंकको आयोजनामा भएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । प्रशिक्षणमा नेपाल राष्ट्र बैंकले छनोट गरेका ९ वटा आर्थिक, वित्तिय र मौद्रिक नीतिसंग सम्बन्धित विषयमा प्रशिक्षण हुनेछ । प्रशिक्षणमा नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले छनोट गरेका ३९ जना बैंकिङ तथा आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरू सहभागी छन् ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
आजको राशिफल: २०८१ साल भदौ ३१ गते सोमवार
मेषः कामको राम्रै मूल्यांकन हुनेछ। कामको प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आय...