ताजा समाचार

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई छनोट गरेको हो ।

संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा राउतले आगामी २०८२ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नेछन् । राउत २०१७ चैत ६ मा उदयपुरमा जन्मिएका हुन् । प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष रहेकाले उनले आगामी २०८१ चैत ६ सम्म प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने मौका पाउनेछन् ।

राउत २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका छन् । उनले २०४० सालदेखि २०७३ सालसम्म गरेर करिव ३३ वर्ष सर्वोच्च अदालतमा अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा काम गरेका थिए ।

राउतसँग अधिवक्ता र वरिष्ठ अधिवक्ताको रूपमा विशेष गरी देवानी, फौजदारी, संवैधानिक मुद्दा र रिटमा विशेषज्ञता छ । यसबाहेक, उनले विभिन्न सार्वजनिक संस्थान र निजी संस्थामा कानुनी सल्लाहकारको रूपमा पनि काम गरेका छन् । उनले नेपाल बार एसोसिएसनमा संवैधानिक समितिको संयोजकको रुपमा समेत काम गरेका थिए । उनी २०६३ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष थिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org