भारतीय लोकसभा : आज निर्वाचनको मिति घोषणा गर्ने
नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले आज शनिबार लोकसभा निर्वाचन, २०२४ को मिति घोषणा गर्ने भएको आयोगका प्रवक्ताले बताउनुभएको छ । आयोगले केही राज्यको विधानसभाको निर्वाचनको मिति पनि घोषणा गर्न लागेको छ ।
शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्वाचन मिति घोषणा गर्ने तयारी रहेको छ । “निर्वाचन आयोगले भोलि दिउँसो शनिबार, मार्च १६ मा पत्रकार सम्मेलन गरी आम निर्वाचन, २०२४ र केही विधानसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने भएको छ । पत्रकार सम्मेलनलाई निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ”, निर्वाचन आयोगका प्रवक्ताले भन्नुभयो ।
सन् २०१९ को लोकसभा निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । यसअघि बुधबार प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भन्नुभयो, “निर्वाचन आयोगले सुरक्षा स्थितिबारे समीक्षा गरेर जम्मु र कास्मिरमा लोकसभा र विधानसभाको निर्वाचन एकसाथ वा बेग्लाबेग्लै गर्ने निर्णय गर्नेछ ।” भारतको निर्वाचन आयोगले एकैपटक विधानसभा र लोकसभाको चुनाव गराउने विचार गरेसँगै जम्मु र कास्मिरको निर्वाचनको लामो प्रतीक्षा अन्त्य भएको देखिन्छ ।
राजनीतिक दलहरूले आम निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी ९बिजेपी० ले अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।
यसैबीच निर्वाचन आयोगले मार्च १४ मा एसबिआई ९स्टेट बैंक अफ इन्डिया० बाट प्राप्त गरेअनुसार आफ्नो वेबसाइटमा चुनावी बन्डहरूको डाटा अपलोड गरेको थियो । डाटाअनुसार फ्युचर गेमिङ एण्ड होटल सर्भिस र मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड राजनीतिक दलहरूका लागि शीर्ष दातामध्येका एक थिए ।
आर्थिक ऐन, २०१७ र आर्थिक ऐन, २०१६ मार्फत विभिन्न ऐनमा गरिएका संशोधनहरूले राजनीतिक दलहरूको असीमित र अनियन्त्रित कोषका ढोका खोलिदिएको भन्दै भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दा दायर गरिएको थियो ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...