प्रेमिकाको हत्या गरेर फरार भएका प्रेमी शिवशंकर झुण्डिएको अवस्थामा मृत फेला
काठमाडौं । विराटनगरको नोबेल टिचिङ्ग अस्पतालमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न प्रेमी विराटनगरको एक होटलमा मृत फेला परेका छन् । चन्द्रिका कुमारीको हत्या गरी फरार रहेका २२ वर्षीय शिवशंकर दास नोबेल अस्पताल अगाडि रहेको होटल फाइनमा झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
चन्द्रिका कुमारीको प्रेमी रहेको भनिएका शिवशंकर चन्द्रिका कुमारीको हत्या भएको तीन दिनपछि मृत फेला परेका हुन् । शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिका कुमारीको हत्या भएको कोठादेखि करिब ३ सय मिटर पूर्व दक्षिणमा पर्दछ । सिरहाको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर– ४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा दुई महिना अगाडिदेखि कोठामा बस्दै आएकी थिइन् ।
उनको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्र बाथरुममा शव भेटिएको थियो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको थियो । चन्द्रिका कुमारीको उनकै प्रेमी शिवशंकरले हत्या गरेर फरार भएपछि उनको खोजी कार्यमा प्रहरी लागि परेको थियो । फरार रहेका शिवशंकरको खोजी गर्ने क्रममा आत्महत्या गरेको अवस्थामा भेटिएको एसपी कार्कीले बताए ।
‘हत्यामा संलग्नको पहिचान भएपछि खोजी कार्यलाई हामीले तिव्र बनाएका थियौँ । हामीले प्राविधिक रुपमा पनि अनुसन्धान गर्दै आएका थियौँ । सोही क्रममा आइतबार दिउँसो विराटनगरको कञ्चनबारीनजिक शिवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो । ट्रयाक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो । एउटा होटलको ढोका खुलेन । त्यसपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा शव भेटिएको छ,’ एसपी कार्कीले भने ।
शिवशंकर र चन्द्रिका कुमारीको चार वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । शिवशंकर वैदेशिक रोजगारीमा मलेसिया गएका थिए । उनी वैदेशिक रोजगारमा गएपछि यता चन्द्रिका कुमारीको सीएमए सिरहाका अमिन धानुकसँग प्रेम सम्बन्ध बसेको थियो । ‘चन्द्रिका कुमारीले प्रेममा धोका दिनेभएपछि हत्या गरेको देखिन्छ,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘अब म पनि आत्महत्या गर्छु भनेर शिवशंकरले दिदीलाई आइतबार दिउँसो फोन गरेर भनेको पनि रहेछन् ।’
शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी प्रेमी चन्द्रिका कुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । प्रेममा उत्पन्न खटपटपछि बिहीबार दिउँसो हत्या भएको थियो ।
Comments
अरु समाचार
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
काठमाडाैं । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी...
-
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु
काठमाडाैँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको...
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
काठमाडाैं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ। बिहीबार...
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
पारदर्शीता र सुशासन एकअर्काका पुरक हुन्: राष्ट्रपति पाैडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बिहीबार न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ । सर्वोच्च...
-
सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।...