सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले ‘भेप’ वा ‘विद्युतीय चुरोट’लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।
बजार अनुगमनको जिम्मेवारी पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक जना अधिकारीले यस्ता उपकरणहरूको आयातमा समेत प्रतिबन्ध लगाइने बताएका छन् । स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका प्रवक्ता भक्तबहादुर केसीले कानुनमा यसअघि नै रहेको व्यवस्था कार्यान्वयनका लागि पत्राचार गरिएको बताए।
“सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण निर्देशिका २०७१ को दफा २८ मा यस्ता पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने व्यवस्था छ। त्यसैको कार्यान्वयनका लागि यसको आयात, निर्यात, उत्पादन, बिक्री वितरण र प्रचार प्रसारमा रोक लगाउन सम्बन्धित निकायलाई पत्राचार गरिएको हो,” केन्द्रका सुर्तीजन्य पदार्थ नियन्त्रण शाखाका प्रमुख केसीले भने केन्द्रले वैशाख १७ गते यस्तो पत्राचार गरिएको जनाएको छ।
नेपालमा भेपका उपकरणभित्र सुन राखेर तस्करी गर्ने गरिएको विवरण पनि सार्वजनिक भएका थिए। विदेशबाट सुन तस्करी गरेर ल्याउन भेप प्रयोग गरेको अभियोगमा केही विदेशी सहित पूर्वसभामुख कृष्णबहादुर महराका एक जना छोरा समेत हिरासतमा छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले केन्द्रको पत्र कार्यान्वयन गरिने बताए।
“हामीले यसअघि एक वर्षसम्म भेपको आयात गर्ने नयाँ कम्पनीहरूको दर्तामै रोक लगाएको पनि हो। तर भेप सुर्तीजन्य पदार्थ भित्र पर्छ वा पर्दैन भन्ने स्पष्ट कानुनी परिभाषा रहेनछ। त्यसपछि विभाग खोल्न बाध्य भयो,” उनले भने।
उनका अनुसार नेपालको निकासीपैठारीसम्बन्धी कानुनले सुर्तीजन्य पदार्थको आयातमा रोक लगाएको छ। “स्वास्थ्य मन्त्रालयकै निकायबाट यो सुर्तीजन्य पदार्थ हो र रोक्नपर्यो भनेर आएपछि विभागले रोक लगाउँछ,” पोखरेलले भने । भारतमा पनि भेपमा प्रतिबन्ध लगाइएको छ तर स्थानीय सञ्चार माध्यमका अनुसार यो प्रभावकारी भएको छैन।
प्रतिबन्ध लगाइनुको कारण
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले नेपालमा विशेष गरी युवा र बालबालिकाहरूमा भेपको प्रयोग बढ्दो रहेको र यसले स्वास्थ्यमा पार्ने असरलाई मध्यनजर गर्दै प्रतिबन्धका लागि पहल गरिएको जनाइको छ। “विद्युतीय चुरोटलाई यसका उत्पादकहरूले सुर्तीजन्य पदार्थको रूपमा परिभाषित गर्दैनन्।
उनीहरूले सुर्तीजन्य पदार्थ छोड्न सहयोग गर्ने भनेर प्रचार गर्छन् तर सुर्तीजन्य पदार्थ प्रयोग नै नगरेकाहरूले यसको प्रयोग गरिरहेका छन् र यसले अन्य सुर्तीजन्य पदार्थ प्रयोगको लतमा फस्ने सम्भावना हुन्छ,” केसी भन्छन्।
“यसमा निकोटिन हुन्छ, जसले मुटु र रक्तनली सम्बन्धी रोगहरूको जोखिमका साथै श्वासप्रश्वाससम्बन्धी रोगहरू पनि निम्त्याउँछ।”
केन्द्रले स्वास्थ्यलाई प्रतिकूल असर पार्ने यस्ता वस्तुहरूमा ठूलो मात्रामा राज्यको पैसा देशबाहिर गइरहेका कारण पनि त्यसलाई रोक्न पहल गरिएको बताएको छ।
Comments
अरु समाचार
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
२६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमति
काठमााडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना...
-
प्रकृति लम्साल मृत्यु प्रकरण: सत्यतथ्य छानबिन गर्न सांसदहरुको माग
काठमाडौं । भारतको ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणले सदन ताकेको...
-
केपी ओली कपमा २ विदेशीसहित ९ वटा टाेलीले खेल्ने
काठमाण्डौ। केपी ओली कप फुटबल प्रतियोगितामा दुई विदेशीसहित नौ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा...
-
प्रकृति लम्साल मृत्यु प्रकरणः कलेजका पाँच जना कर्मचारी निलम्बित
काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई...
-
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गरिने, प्रमुख आचार्य केही दिन अस्पतालमै रहने
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय गरेको छ । कीर्तिपुर अस्पतालमा उपचारत अर्थमन्त्री पौडेलको स्वास्थ्य...
-
प्रधानमन्त्रीले लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्ने
काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् । सोमबार बस्ने बैठकलाई प्रधानमन्त्री...
-
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान...