जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।
घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको उनको भनाइ छ । जङ्गलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५ बजेतिर हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सुन्दरहरैँचा क्षेत्रमा १५२० वटाको संख्यामा हात्ती रहेको स्थानीयले बताएका छन् ।
Comments
अरु समाचार
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...
-
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
काठमाडौं । जङ्गली जनावरको आक्रमणबाट साउनयता सातजनाको मृत्यु भएको छ । गैँडा, बाघ र मगर गोहीको आक्रमणबाट उनीहरूको मृत्यु भएको...