निसीखोलामा भएको दुर्घटनाप्रति एमाले महासचिव पोखरेलद्वारा दुःख व्यक्त
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बागलुङको निसीखोलामा भएको दुर्घटना खबरले अत्यन्तै दुःखी भएको जनाउनु भएको छ । सोमबार राति १० बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले दुर्घटनाबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्नु भएको हो ।
उहाँले दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । सोमबार साँझ बस दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थलाभको कामना पनि गर्नु भएको छ ।
निसीखोला दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका आठजनाको शव सङ्कलन गरिएको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको जनाउनु भयो । मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ ।
रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर र दुई जनाको अवस्था सामान्य छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।
प्रहरी निरीक्षक विकले भन्नु भयो, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौं, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”
Comments
अरु समाचार
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
झाँगाझोलीलाई जडीबुटीको ‘शैक्षिक हब’ बनाइँदै
काठमाडाैं । जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोलीमा गौरादेवी प्राकृतिक जडीबुटी उद्यान स्थापना गरिएको छ । नेपालमा पाइने सबै किसिमका जडीबुटी...
-
कोसीमा मुख्यमन्त्रीमा समर्थन गर्ने सांसदको सनाखत सुरु
काठमाडाैँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दाबी पेस गरेपछि समर्थन गर्ने सांसदको सनाखत सुरु भएको छ । सांसदको...
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित
काठमाडाैं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ। बिहीबार...
-
कांग्रेस संसदीय दलको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको संसदीय दलको बैठक स्थगित भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
पारदर्शीता र सुशासन एकअर्काका पुरक हुन्: राष्ट्रपति पाैडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल चार्टड एकाउण्टेन...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ बिहीबार न्यायाधीश मनोज शर्माको इजलासमा हुने भएको छ । सर्वोच्च...
-
सरकार ‘भेप’माथि किन प्रतिबन्ध लगाउँदै छ
काठमाडाैं । स्वास्थ्य मन्त्रालयअन्तर्गतको एक निकायले 'भेप' वा 'विद्युतीय चुरोट'लाई नेपालमा प्रतिबन्ध लगाउन सरोकारवाला सरकारी निकायहरूलाई पत्राचार गरिएको जनाएको छ।...