ताजा समाचार

निसीखोलामा भएको दुर्घटनाप्रति एमाले महासचिव पोखरेलद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले  बागलुङको निसीखोलामा भएको दुर्घटना खबरले अत्यन्तै दुःखी भएको जनाउनु भएको छ । सोमबार राति १० बजे सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले दुर्घटनाबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्नु भएको हो ।

उहाँले  दुर्घटनामा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ । सोमबार साँझ बस दुर्घटनामा परेर घाइते भएका सबैको शीघ्र स्वास्थलाभको कामना पनि गर्नु भएको छ ।

निसीखोला दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या आठ पुगेको छ । घाइते भएका २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका आठजनाको शव सङ्कलन गरिएको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको जनाउनु भयो । मृतकको सनाखत हुन नसकेको उहाँको भनाइ छ ।

रुकुम पूर्वबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो । घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर र  दुई जनाको अवस्था सामान्य छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रहरी निरीक्षक विकले भन्नु भयो, “घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौं, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांश अवस्था ‘क्रिटिकल’ छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org