बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीको बयान जारी
काठमाडाैँ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान सुरु भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीमाथि अनुसन्धान भइरहेको जानकारीसहितको पत्र सभामुख देवराज घिमिरेलाई पठाएको एक दिनपछि उनको बयान सुरु भएको हो । सभामुखलाई चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएपछि उनलाई बयानका लागि बोलाइएको स्रोतले जानकारी दिएको छ ।
त्यसपछि आज सरकारी वकिलको कार्यालयमा चौधरीको बयान लिने कार्य भइरहेको छ । चौधरी स्वयं आज बिहान सीआईबीबको सम्पर्कमा पुगेका थिए । त्यसपछि सरकारी वकिलसँगको समन्वयमा उनको बयान लिइएको हो । उनी आज बिहान सरकारी वकिलको कार्यालयमा उपस्थित भएका थिए ।
यो जग्गा प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेको छ । यसअघि चौधरीका भाइसमेत रहेका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको थियो । तर, उनी भने अदालतको आदेशबाट रिहा भएका छन् ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
कोशी सरकारविरुद्धको रिट खारेज, हिक्मत कार्कीकाे सरकारले निरन्तरता पाउने
काठमाडौं । सर्वोच्च अदालतले कोसी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
व्यापारिक सटर हस्तान्तरण गर्ने भन्दै १३ करोड ठगी, छ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गरेको आरोपमा...
-
प्रतिनिधि सभाबाट बजेट बहुमतले पारित
काठमाडौं । विनियोजन विधेयक, २०८१ (बजेट) प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाको बैठकमा...
-
प्रतिनिधिसभाबाट खर्च कटौतीका प्रस्ताव अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको...
-
एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ ।...
-
मोरङमा बूढी खोलाले बगाउँदा १ जनाको मृत्यु, २ जना बेपत्ता
काठमाडौं । मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ, दुई जना बेपत्ता भएका छन् । सुन्दरहरैचा नगरपालिका–...
-
कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान...
-
झापामा चट्याङ लागेर दुईजनाको मृत्यु
काठमाडौं । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र...