सभामुखसहित शीर्ष दलका चार प्रमुख सचेतक आज जेनेभा जाँदै
काठमाडौं । सभामुख देवराज घिमिरे र शीर्ष राजनीतिक दलका ४ प्रमुख सचेतकसहित १० सदस्यीय टोली आज जेनेभा प्रस्थान गर्दैछ।
टोली आज साँझ पौने ६ बजे कतार एयरवेजको विमानमार्फत् जेनेभा जान लागेको हो।
अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा जान लागेको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ।
सभामुखसहित ४ प्रमुख सचेतकहरु नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियार जेनेभा जाने भएकोले प्रतिनिधिसभा १० दिनका लागि स्थगित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्ने छ।
आगामी आर्थिक वर्षको विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफल सकिएपछि बैठक स्थगित भएको हो। १४ फागुनमा प्रस्तुत भएको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सकिएपछि बुधबार नै अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएका थिए।
सांसदहरूले उठाएका प्रश्नलाई एकीकृत गरेर सुझावका रुपमा संसद सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाउने छ।
Comments
अरु समाचार
-
सभामुखको आग्रहमा कांग्रेस लचिलो,संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सङ्घीय संसद्मा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको...
-
संसद्को गतिरोध अन्त्य गर्न सभामुख सक्रिय
काठमाडौं । नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं...
-
मन्त्रिपरिषद्बाट १६औं पञ्चवर्षीय योजना पारित
काठमाडौं । मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारितपारित भएको छ। मंगलवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले १६औं पञ्चवर्षीय योजना पारित गरेको...
-
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको...
-
गिरीबन्धु टी-स्टेटलाई व्यवस्थित गर्न तत्कालीन प्रधानमन्त्री ओलीको नीतिगत निर्णय : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी-स्टेटमा नीतिगत निर्णय गरेको ठोकुवा गरेका छन्...
-
सभामुखद्वारा सदन खुलाउन छलफल
काठमाडौं । नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले आज प्रमुख विपक्षी दल नेपाली कांग्रेसका...
-
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् ।सोमबार बसेको प्रदेश सभा बैठकमा कार्कीको पक्षमा ५७ मत परे...
-
दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरेका छन्...
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुनेभएको छ । आगामी जेठ...