एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक भोलिदेखि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि ललितपुरको बालकुमारीमा सुरु हुनेभएको छ ।
आगामी जेठ २ गतेसम्म चल्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, देशभर पार्टी सङ्गठनको अवस्था, जनवर्गीय सङ्गठनका कार्य प्रगति, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे छलफल गरिने बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरुको जिम्मेवारी तोकिनेछ ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि मापदण्ड तय गर्ने बैठकमा सङ्गठन बिस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने बैठकमा पार्टीको समाजवादी कार्यक्रम, विधान हेरफेरका लागि तयार गरिएको मस्यौदामा छलफल हुनेछ ।
विधानमा पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई अनुमोदन गरिने जनाइएको छ ।
पार्टी मातहतका कमिटी तथा जिल्ला तहका कार्यकर्ताबाट विधान संशोधन मस्यौदामा ती विषयलाई परिमार्जन गर्न माग गरिएको जनाइएको छ । विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गरी विधान परिमार्जन गर्न सुझाइएको छ ।
बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । बैठकस्थल सजाइएको छ भने देशभरबाट सहभागी हुने प्रतिनिधि आयोजकको खाने, बस्नेलगायत आवश्यक व्यवस्थापन पूरा भएको छ ।
पार्टी अध्यक्ष नेपालले उद्घाटन गर्नुहुने बैठकको समाचार प्रचारप्रसारका लागि सूचना सङ्कलन केन्द्र, सहभागी प्रतिनिधिको परिचयपत्र व्यवस्थापन, सुरक्षा व्यवस्थाका लागि स्वयंसेवकको व्यवस्था गरिएको छ ।
नयाँ विधानका आधारमा आगामी असार १६ देखि २० गतेसम्म पार्टीले काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
जाजरकोट-भूकम्प प्रभावितलाई अनुदान रकम उपलब्ध गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष रुकुम–पश्चिम र रुकुम–पूर्व जिल्लाका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता, सांसदसहित दुवै पार्टीका...
-
वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई
काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा...
-
सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सम्पन्न
काठमाडौं। सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी...
-
कोशी सरकार छाड्दै माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आज कोशी प्रदेश सरकार छाड्ने भएको छ । माओवादीले सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिने...
-
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति...
-
ओली सत्तामा हुँदा उच्च काम, प्रमुख पदमा महिलाको ऐतिहासिक नाम
काठमाडौं । लैंगिक समानताको पक्षमा लड्ने नेताका रुपमा वर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ऐतिहासिक गरिमा झनै...
-
जनआस्था कार्यालयमा बम हान्ने र प्रधानसम्पादक श्रेष्ठलाई ज्यान मार्ने धम्की
काठमाडौं । आफूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विद्यार्थी संगठनको सचिव बताउने एकजना व्यक्तिले जनआस्था साप्ताहिकको कार्यालयमा बम हान्ने र प्रधानसम्पादकलाई...
-
६ वटा संसदीय समितिको बैठक बस्दै, ईयूको ‘सेफ्टी लिस्ट’ छलफलको विषय
काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । प्रतिनिधिसभाअन्तर्गतको पाँच र राष्ट्रियसभाअन्तगर्तको एउटा समितिको बैठक...
-
बागमतीका मुख्यमन्त्री लामाले आज शपथ लिँदै, १३ सदस्यीय मन्त्रिपरिषद गठन हुने
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले...