हङकङ किन पसिरहन्छन् यी हाकिम ?
काठमाडौं । आर्थिक अनियमितताको गम्भीर आरोप लागेका नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक प्रदिप अधिकारी र उनी निकटस्थहरुको पछिल्ला विदेश आउजाउले नयाँ आशंका जन्माएको छ । अधिकारी फागुन ५ गते राति एअर शो हेर्न श्रीमतीसहित सिंगापुर उडेका थिए । उनीसँगै विश्वासपात्र दिपेन्द्र श्रेष्ठ पनि श्रीमतीसहित त्यता गएका थिए । इन्जिनियर श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजानाका प्रमुख हुन् ।
टोलीसँगै प्राधिकरणको अधिकांश ठेक्का सेटिङमा मिलाउने उमा एण्ड कम्पनीका प्रोप्राइटर तथा अधिकारीका खजाची प्रेमप्रकाश ढकाल पनि सोही रात सिंगापुर गएका स्रोतको दाबि छ । अन्तराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अन्तिम सुरक्षा जाँचपछि प्रतिक्षा हलसँगै एउटा भव्य चिया कफी पसल छ । अत्यन्त मिहिनेती र असाध्य राम्रो जनसम्पर्क भएका सुवास श्रेष्ठको पसल विभिन्न थरी मुद्दाका कारण १५ वर्षदेखि उनैबाट सज्चालित छ । उनी कोलम्बो, बैंक, क्वालालम्पुर, सिंगापुर जहाँ गए पनि हङकङ त छ्छिन् नै । अधिकारी र ढकालसहित उनको टिमले श्रेष्ठलाइ पसल निरन्तरताका निम्ति करकापमा पारेर त्यहाँ जम्मा हुने विदेशी मुद्रा बिदेश र सोबापत नेपाली रुपैयाँ घरमा बुझ्ने गरेकोबारे गुप्तचर प्रमुख हुतराज थापालाइ रा्रमै जानकारी छ ।
सोही आशंकालाइ बल पुग्नेगरी स्रोतले पछिल्लो भ्रमणलाइ पनि प्रमाणको रुपमा लिन आग्रह गरेको छ । फागुन ६ गते राति काठमाडौंबाट उडेको ढकालको टोलीले भोलिपल्ट हङकङ पुगेर दुइ रात बिताएको देखिन्छ । उनले पटक पटकको हङकङ आ उजाउलाइ फागुन पहिलो साताको समूहको भ्रमणले पनि पुष्टि गरेको बताइन्छ । यता, अवैध ढंगले बटुलिएको रकम महानिर्देशकले हङकङमा आइटीतर्फ लगानी गरेको अर्को आशंका पनि छ । पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीका भाइ कमल हङकङको ब्यापारसमेत हेर्नेगरी जापानतिर बस्छन् ।
उनको काठमाडौं महानिर्देशका अर्का पार्टनर अमेरिकी ग्रिन कार्ड होल्डर अर्जुन खड्का पनि हुन । अमेरिकाभन्दा हङकङकमा डलर लैजान सजिलो भएकाले त्यो खालको उपाय अपनाएको हुन सक्ने स्रोत बताउछन् । यताका अधिकांश घरजग्गा अधिकारीले खड्का र ढकाललाइ पास गरेर दिएको तथ्य यसबिच सार्वजनिक भइसकेको छ । प्राधिकरणका अधिकांश ठेक्का उमा एण्ड कम्पनीलाइ सेटिङमा दिनु र ललितपुरको घरसहित चितवनको जग्गा उनै ढकाल र परिवारको नाममा राख्नुले खेलोफड्को को कुरालाइ हल्का ढंगले लिन नहुने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
Comments
अरु समाचार
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...