ताजा समाचार

हङकङ किन पसिरहन्छन् यी हाकिम ?

काठमाडौं । आर्थिक अनियमितताको गम्भीर आरोप लागेका नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक प्रदिप अधिकारी र उनी निकटस्थहरुको पछिल्ला विदेश आउजाउले नयाँ आशंका जन्माएको छ ।  अधिकारी फागुन ५ गते राति एअर शो हेर्न श्रीमतीसहित सिंगापुर उडेका थिए । उनीसँगै विश्वासपात्र दिपेन्द्र श्रेष्ठ पनि श्रीमतीसहित त्यता गएका थिए । इन्जिनियर श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजानाका प्रमुख हुन् ।

टोलीसँगै प्राधिकरणको अधिकांश ठेक्का सेटिङमा मिलाउने उमा एण्ड कम्पनीका प्रोप्राइटर तथा अधिकारीका खजाची प्रेमप्रकाश ढकाल पनि सोही रात सिंगापुर गएका स्रोतको दाबि छ । अन्तराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अन्तिम सुरक्षा जाँचपछि प्रतिक्षा हलसँगै एउटा भव्य चिया कफी पसल छ । अत्यन्त मिहिनेती र असाध्य राम्रो जनसम्पर्क भएका सुवास श्रेष्ठको  पसल विभिन्न थरी मुद्दाका कारण १५ वर्षदेखि उनैबाट सज्चालित छ । उनी कोलम्बो, बैंक, क्वालालम्पुर, सिंगापुर जहाँ गए पनि हङकङ त छ्छिन् नै । अधिकारी र ढकालसहित उनको टिमले श्रेष्ठलाइ पसल निरन्तरताका निम्ति करकापमा पारेर त्यहाँ जम्मा हुने विदेशी मुद्रा बिदेश र सोबापत नेपाली रुपैयाँ घरमा बुझ्ने गरेकोबारे गुप्तचर प्रमुख हुतराज थापालाइ रा्रमै जानकारी छ ।

सोही आशंकालाइ बल पुग्नेगरी स्रोतले पछिल्लो भ्रमणलाइ पनि प्रमाणको रुपमा लिन आग्रह गरेको छ । फागुन ६ गते राति काठमाडौंबाट उडेको ढकालको टोलीले भोलिपल्ट हङकङ पुगेर दुइ रात बिताएको देखिन्छ । उनले पटक पटकको हङकङ आ उजाउलाइ फागुन पहिलो साताको समूहको भ्रमणले पनि पुष्टि गरेको बताइन्छ । यता, अवैध ढंगले बटुलिएको रकम महानिर्देशकले हङकङमा आइटीतर्फ लगानी गरेको अर्को आशंका पनि छ । पूर्व पर्यटनमन्त्री रविन्द्र अधिकारीका भाइ कमल हङकङको ब्यापारसमेत हेर्नेगरी जापानतिर बस्छन् ।

उनको काठमाडौं महानिर्देशका अर्का पार्टनर अमेरिकी ग्रिन कार्ड होल्डर अर्जुन खड्का पनि हुन । अमेरिकाभन्दा हङकङकमा डलर लैजान सजिलो भएकाले त्यो खालको उपाय अपनाएको हुन सक्ने स्रोत बताउछन् । यताका अधिकांश घरजग्गा अधिकारीले खड्का र ढकाललाइ पास गरेर दिएको तथ्य यसबिच सार्वजनिक भइसकेको छ । प्राधिकरणका अधिकांश ठेक्का उमा एण्ड कम्पनीलाइ सेटिङमा दिनु र ललितपुरको घरसहित चितवनको जग्गा उनै ढकाल र परिवारको नाममा राख्नुले खेलोफड्को को कुरालाइ हल्का ढंगले लिन नहुने अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org