प्राज्ञ तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन
विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको हो । उनका छोरा शरदराज सुवेदीका अनुसार बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिएको छ । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका उनका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
नेपाली भाषा र साहित्यमा योगदान दिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय थिए । कर्मशील ब्यक्तित्व रूपमा परिचित उनले खोज तथा अनुसन्धानमुलक दर्जनौं ऐतिहासिक पुस्तक लेखेका छन् । विराटनगरको इतिहास उधिनेर पुस्तकको रुप दिएका सुवेदी लेखन र समालोचना गर्न मन पराउँथे ।
भाइ दिनेशराज सुवेदीका अनुसार नगरपञ्चायतमा बहिदार पदबाट उनको जागिरे जीवन सुरु भएको थियो । पछि नेपाल खानेपानी संस्थान स्थापना हुँदा नगरपालिकाको एक फाँटअन्तर्गत काम गरेर निवृत्त भए । विराटनगरमा आदर्शरात्री र कन्या क्याम्पस स्थापना भएपछि त्यहाँ केही वर्ष पढाए ।
पछि पूर्वाञ्चल विश्वविद्यालयमा सूचना अधिकृतको रूपमा १२ वर्षसम्म काम गरे । सुवेदीका मौलिक कृति एक दजर्न, सम्पादित कृति १५०, उनकै विशिष्ट सम्पादनमा बरगाछी भन्ने पुस्तक प्रकाशन भयो । त्यो प्रतिबन्धित समय थियो । वीपी कोइरालाको सानिध्यमा रहेर उनले बरगाछी प्रकशन गरेका थिए ।
सुवेदीको समग्रह समालोचना विश्व विद्यालयहरूमा पढाइ हुन्छ । विभिन्न लेखकहरूको दुई सय किताबमा उनले भूमिका लेखेका छन् । उनी डेढ सय संस्थामा आजीवन सदस्य थिए । मोरङमा साहित्यको उत्पति र विकास पछिल्लो पटक प्रकाशन भएको उनको कृति हो ।
भाइ दिनेशराजले भने,आफ्नो सम्पूर्ण जीवन नेपाली साहित्य र सामाजिक कार्यमा समर्पण गर्नु भएका दाजुले अन्य साहित्यकारहरूको संस्मरण समेटिएका दर्जनौं पुस्तक प्रकाशन गर्नु भएको छ । उहाँ साहित्यमा मोफसलकै खम्बा हुनुहुन्थ्यो ।” सुवेदीले जीवनकालमै आफ्नो नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार स्थापना गराइ हरेक वर्ष वितरण गर्दै आएका थिए ।
Comments
अरु समाचार
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदै
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
मधेश सरकारबाट एमाले र माओवादी बाहिरिने
काठमाडौं । मधेश सरकारबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिने भएका छन् । आइतबार दुवै पाटिले मधेश सरकार छाड्ने...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले र...
-
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश
काठमाडाैं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश भएको छ। नेकपा एमाले र माओवादी केन्द्रका ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित...
-
सर्वोच्च जाने तयारीमा केदार कार्की
काठमाडाैँ । प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठनको आह्वान गरेसँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने तयारीमा रहेका छन्।...