पूर्वाधारमा चिनियाँ लगानीका लागि उपप्रधानमन्त्री श्रेष्ठको आग्रह
काठमाडाैँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आइतबार सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरेका हुन् ।
नेपालमा विदेशी लगानीलाई प्रोत्साहित गर्न कानुनी, संरचनात्मक तथा प्रक्रियागत उल्झन हटाइएको जानकारी दिँदै उनले विदेशी लगानीलाई खुला हृदयले स्वागत गरिने बताए ।
नेपालले चीनसँगको सम्बन्धलाई अत्यन्त महत्व दिएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच समस्यारहित सम्बन्ध रहेको बताए । चीनले नेपालको विकास प्रक्रियामा सदियौँदेखि सहयोग गर्दै आइरहेको स्मरण गर्दै उनले चीनलाई नेपालले सङ्कटको साथीका रूपमा लिँदै आएको बताए ।
सिचुवान प्रान्त सरकारका गभर्नर हुवाङले द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण र भेटवार्ताले महत्वपूर्ण सघाउ पुर्याउने विश्वास व्यक्त गरे। उनले नेपालको विकासमा सिचुवान साझेदारी गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
Comments
अरु समाचार
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव...
-
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा राजेन्द्र अधिकारी नियुक्त
काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले...
-
आज कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक
काठमाडौं । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बिहान बस्ने...
-
प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ । आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा...
-
राष्ट्रियसभाको बैठक पनि सर्यो
काठमाडौं । दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । संसद् सचिवालयका...
-
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ: महासचिव पोख्रेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना...
-
सहकारी ठगी प्रकरणः छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदलको बैठक बसिरहेको छ । कानुनमन्त्री पदम...