गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीश शर्माको एकल इजलासमा
काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै कांग्रेसका सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदैछ।
सुनुवाइको पेशी न्यायाधीश विनोद शर्माको एकल इजलासमा परेको छ।
बहुमत पुर्याउन सभामुखको समेत गणना गरिनु असंवैधानिक रहेको भन्दै पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। मुद्दाको विपक्षमा मुख्यमन्त्री अधिकारी र प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विपक्षी बनाइएको छ।
उनले अधिकारीको नियुक्ति खारेज गरेर आफूलाई मुख्यमन्त्री पदमै निरन्तरता दिन अन्तरिम आदेशको माग गरेका छन्।
पाण्डेले दायर गरेको रिटमा गण्डकीमा मुख्यमन्त्री बन्न ३१ जना प्रदेशसभा सदस्यको समर्थन चाहिने भए पनि अधिकारीले सभामुख र स्वतन्त्र प्रदेशसभा सदस्यको संख्यासमेत जोडेकाले त्यो असंवैधानिक हुने दाबी गरेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।
प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए। माओवादीबाट सभामुख रहेका कृष्ण धितालको हस्ताक्षरसमेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको थियो।
एमालेका २२, माओवादीका सभामुखसहित आठ र स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे सहित ३१ सांसदको समर्थन रहेको भन्दै अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...