कैलालीमा दुई वटा पक्की पुलको काम अलपत्र
काठमाडौं । मोहनापुल–अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका–५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो ।
सुनिखोलामा रु तीन करोड ७७ लाखको लागतमा राजेन्द्र निर्माण सेवाले २०७९ कात्तिकमा निर्माण सम्पन्न गर्ने गरी २०७७ कात्तिकमा ठेक्का सम्झौता गरेको थियो । सम्झौता म्याद सकिएपछि २०८० असारमा सम्पन्न गर्ने गरी आठ महिना समयावधी थपिए कुनै काम नगरेको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।
थपिएको म्यादमा निर्माण कम्पनीले काम नगरेपछि अब म्याद थप नगरिने उनले बताए । सो पुल निर्माणको काम ६५ प्रतिशत मात्र भएको छ ।
गोदावरी नगरपालिकाकै मनहरा खोलामा नौ करोड ५० लाखको लागतमा निर्माण थालिएको अर्को पुल पनि अलपत्र छ । उच्चकोटी–समिदेव–राजेन्द्र जेभीले मनहरा खोलाको पुल दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । पुलको डिजाइन संशोधन गर्नुपर्ने भएपछि काम रोकिएको महाकाली पुल आयोजनाले जनाएको छ ।
महाकाली पुल आयोजना कार्यालयले संशोधनसहित फाइल विभागमा पठाएको र स्वीकृत नभएको इन्जिनियर चन्दले बताए। मनहरा खोला पुल निर्माणको समय २०८१ कात्तिक २६ गते सकिएको हो । नयाँ डिजाइन स्वीकृत भयो भने सो पुलको निर्माण कार्य अघि बढ्ने जनाइएको छ ।
यसैगरी, कैलाली र कञ्चनपुरको सीमा भएर बग्ने मोहना नदीमा पुल निर्माणको काम अघि बढेको छ । इन्जिनियर चन्दका अनुसार २०८० जेठसम्म निर्माण सम्पन्न गर्ने गरी रु १३ करोड ३६ लाखमा रायमाझी कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
केही समय विवादका कारण रोकिए पनि अहिले काम अघि बढेको आयोजना कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
नेप्से परिसूचकमा झिनो अङ्कको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार,...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
पूर्वप्रधानसेनापति सिंहको निधन
काठमाडौं । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...
-
निजी छाडेर सामुदायिक विद्यालयमा भर्ना
काठमाडौं । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या...