मुम्बई र चेन्नईबीचको खेलमा रोहितले बनाए शतक, चेन्नईको जित
काठमाडौं । इन्डियन प्रियमर लिग (आईपिएल)अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि २० रनको जित निकालेको छ। गएराति भएको खेलमा ब्याटिङको निम्तो दिएको मुम्बईले २०७ रनको लक्ष्य पाएको थियो। चेन्नईका लागि अन्तिम ओभरमा चार बल खेल्दै महेन्द्रसिंह ध्वनीले हार्दिक पाण्डेयको बलमा लगातार तीन छक्कासहित २० रन जोडेपछि ४ विकेटको क्षतिमा चेन्नईले २०६ रनको विशाल योगफल बनाएको थियो। २०७ रनको लक्ष्य पछ्याउनेक्रममा रोहित शर्माले शतकीय इनिङ खेले पनि मुम्बई ६ विकेटको क्षतिमा १८६ रनमा समेटिएको हो।
तीन ओभर बलिङ गरेका मुम्बईका कप्तान पाण्डेयले २ विकेट लिएर ४३ रन खर्चिए। मुम्बईका लागि हार्दिकले बलिङ गरेको अन्तिम ओभरको चार बल घातक भयो। अन्तिम ओभरमा १ विकेट लिए पनि उनले ध्वनीलाई तीन बलमा लगातार छक्का दिए। हार्दिकको बलिङमा मात्र चार बल खेलेका ध्वनीले २० रन बनाएका थिए। हार्दिकले उनले ब्याटिङतर्फ ६ बल खेल्दै २ रनमात्र जोडे।
सुरुमा ब्याटिङ गरेको चेन्नईका लागि कप्तान रुतुराज गायकवाड र शिवम दुबेले अर्धशतकीय इनिङ खेले। कप्तान रुतुराजले ४० बलमा ६९ रन बनाउँदा दुबेले नटआउट ३८ बलमा ६६ रन बनाए। ध्वनीले नटआउट ४ बलमा २० रन बनाउँदा रचिन रविन्द्र २१, डेरिल मिचेल १७ रन बनाए। ओपनर अजिंक्य रहाणे ५ रनमा आउट भएका थिए।
मुम्बईका लागि हार्दिक पाण्डेयले दुई विकेट लिँदा श्रेयस गोपाल र जिराल्ड कोटेजले एकएक विकेट हात पारे। २०७ रनको चुनौती पछ्याउनेक्रममा मुम्बईका लागि ओपनर रोहित शर्माले नटआउट ६३ बलमा ५ छक्का र ११ चौकाको मद्दतमा १०५ को शतकीय इनिङ प्रहार गरे। उसका लागि दिलक बर्मा ३१ र इशन किसनले २३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।
मुम्बईलाई सस्तैमा समेट्न चेन्नईका माथीशा पाथिरानाले एक्लै चार विकेट लिए। उनले मात्र २८ रन खर्चिएर चार विकेट हात पारेका हुन्। उसका लागि तुषार देशपाण्डे र मुस्ताफिर रहमानले एकएक विकेट हात पारे। यो हारसँगै मुम्बई ६ खेलमा दुई जित, चार हार व्यहोर्दै आठौं स्थानमा समेटिएको छ।
चेन्नई भने ८ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानको कलकत्ता किंग्स राइजर्ससँग समान अंक भए पनि रनरेटको आधारमा चेन्नाई तेस्रो स्थानमा पुगेको हो। आईपिएल अन्तर्गत सोमबार एक खेल हुँदैछ। साँझ ७स्४५ मा सुरु हुने खेलमा आरसिबी र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८१ जेठ ६ गते आइतवार
मेष वैधानिक प्रावधानले पनि लक्ष्यमा पुग्न अप्ठ्यारो पर्नेछ। प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। चिताएका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।...
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
काठमाडौं । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...