भारतीय मुर्रा राँगाबाट वीर्य सङ्कलन सुरु
काठमाडाैं । गएको कात्तिक दोस्रो साता नेपाल ल्याइएका भारतीय मुर्रा राँगाहरूबाट वीर्य (सिमेन) सङ्कलन सुरु भएको छ ।
नेपाली भैँसीको नस्ल सुधारका लागि ल्याइएका मुर्राहरू यहाँको भूगोलमा अनुकूलन गर्दै हुर्किएका हुन् ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरा ल्याइएका सात राँगामध्ये तीन वटाबाट सिमेन सङ्कलन सुरु भइसकेको छ । बाँकी चार वटा राँगासमेत सिमेन सङ्कलनअघि आवश्यक पर्ने तालिममा रहेको कार्यालय प्रमुख डा जगदीश पाण्डेले जानकारी दिए । “भारतबाट ल्याइएका सबै मुर्राको अवस्था राम्रो छ । तीन वटाबाट सिमेन जम्मा गर्न थालिसकेका छौँ, चार वटा तालिममा छन्,” उन भने, “तालिममा रहेकाहरूबाट पनि वैशाख पहिलो वा दोस्रो साताबाट सिमेन सङ्कलन सुरु हुने अपेक्षा छ । चाँडैमा जेठ पहिलो साता र ढिलोमा साउनबाट सिमेन वितरण थाल्छौँ ।”
पोखरामा एक हजार डोजभन्दा बढी सिमेन सङ्कलन भइसकेको छ । सङ्कलन गरिएको सिमेन माइनस एक सय ९६ डिग्री सेल्सियसको तरल नाइट्रोजनमा राख्नुपर्छ । देशैभरिका भेटेरिनरी कार्यालयमार्फत भैँसीको नस्ल सुधारका लागि मुर्राको सिमेन वितरण गर्ने तयारी छ ।
भारतले नेपाललाई उपहार दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये तीन वटा लहान र पाँच नेपालगन्जमा छन् । राष्ट्रिय पशु प्रजनन केन्द्र नेपालगन्जमा रहेका दुई मुर्राबाट सिमेन सङ्कलन सुरु भइसकेको छ भने बाँकी अर्को तालिममा छन् । केन्द्र प्रमुख डा खगेन्द्रराज सापकोटाले चैतबाट सिमेन जम्मा गर्न थालिएको जनाउँदै पाँच सय डोज जम्मा भइसकेको जानकारी दिए । राष्ट्रिय पशु प्रजनन केन्द्र लहानमा रहेका तीन वटै राँगा अहिले तालिममा छन् ।
पोखरामा हप्तामा दुई पटक सोमबार र बिहीबार सिमेन जम्मा गर्ने गरिएको छ । यहाँ अहिले भारतबाट ल्याइएका सातसहित १८ मुर्रा राँगाबाट सिमेन सङ्कलन भइरहेको राँगा साँढे व्यवस्थापन साखाका पशु प्राविधिक भोजबहादुर थापाले बताए ।
सामान्यतया अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्ने पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा पाण्डे बताए । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज सिमेन उत्पादन हुन्छ । यी राँगाको सिमेनबाट कृत्रिम गर्भाधान र प्राकृतिक तवरले पनि नस्ल सुधार गरी दूध उत्पादन बढाउने योजना छ ।
मुर्रा धेरै दूध दिने जातको भैँसी हो । नेपाली रैथाने भैँसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारी दूध दिन्छन् । मुर्रा भैँसीले भने एक बेतमा चार हजारदेखि पाँच हजार लिटरसम्म दूध दिने कार्यालय प्रमुख डा पाण्डे बताउछन । “एकातिर नस्ल सुधार भई अर्को पुस्ताबाट दूध धेरै आउँछ भने तौलसमेत धेरै हुने हुँदा मासुकै लागि पनि फाइदा हुन्छ,” उन भने ।
नेपालमा कुल दश लाख डोज सिमेन उत्पादन हुने जानकारहरू बताउँछन् । तर, कृत्रिम गर्भाधान भने करिब आठ लाख पशुमा मात्र हुने गरेको तथ्याङ्क छ । एक वर्षमा पोखरामा छ लाख, महेन्द्रनगरमा तीन लाख र लहानमा ५० हजार डोज सिमेन सङ्कलन हुने गरेको छ ।
Comments
अरु समाचार
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
स्वास्थ्य शिविरबाट तीन सयभन्दा बढी लाभान्वित
काठमाडौं । विराटनगर महानगरपालिकाले भौतिक संरचनाको विकाससँगै स्वास्थ्य र शिक्षालाई पनि उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गरिरहेको बताएको छ ।...
-
काठमाडौँ उपत्यकामा पनि तापक्रम बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित...
-
दश महिनामा करिब एक्काइस अर्ब राजस्व सङ्कलन
काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...