नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्छः कुलमान घिसिङ
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले जलविद्युतको विकल्पमा ग्रिन हाइड्रोजन प्रयोग गर्न सकिने बताए।
‘अहिले सुख्खा मौसममा बिजुली अपुग हुने गरेको छ। वर्खामा बेच्नै पर्ने अवस्था छ। वर्खामा खेर जाने बिजुली कसरी स्टोरेज गर्ने भन्दा यसको विकल्प हाइड्रोजन हुन्छ,’ उनले भने।
विश्वमा ग्रिन हाइड्रोजनबारे ‘इनोभेसन’ भइरहेको समेत उनले बताए।
‘यसको उपयोगिता पेट्रोल, डिजेल प्रतिस्थापन गर्ने मात्रै होइन। ठुल्ठुला उत्पादनमूलक उद्योगमा पनि महत्वपूर्ण योगदान पुग्छ। तर हाइड्रोजनको उत्पादन लागत र ट्रान्सपोटेशन खर्च अत्याधिक महँगो हुन आउँछ,’ उनले भने।
उनले ग्रिन हाइड्रोजनको मूल्य कसरी सस्तो बनाउन सकिन्छ भन्नेतर्फ अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए।
नेपालले अहिले एमोनिया, केमिकल फर्टिलाइजर लगायत रसायनिक पदार्थ महँगो शुल्कमा आयात गरिरहेको बताउँदै नेपालमै उत्पादनको ठूलो सम्भावना रहेको उनले उल्लेख गरे।
Comments
अरु समाचार
-
विद्युतीय गाडीको आयात उच्च, ९अर्ब ३६ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन
काठमाडौं । सरकारको प्रोत्साहनका कारण नेपालमा विद्युतीय गाडीको आयात उच्च भएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात् साउनदेखि...
-
इरानमा नयाँ राष्ट्रपतिका लागि आगामी जुन २८ तारिखमा चुनाव हुने
तेहरान । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ । देशको १४ औँ राष्ट्रपति...
-
देउवा र गगन थापामाथि लगाइएको आरोप प्रमाणित गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापामाथि...
-
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै, अवरोध कायमै रहने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक...
-
मौसममा न्युनचापीय प्रणालीको आंशिक प्रभाव, केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा
काठमाडौँ । हाल नेपालमा स्थानीय, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
-
आजको राशिफल: २०८१ जेठ ८ गते मंगलवार
मेष:अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। प्रयत्न गर्दा भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ।...
-
लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा
झापा । त्रिचालीस वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम...
-
प्रमुख विपक्षीदलको वेल घेराउबीच प्रधानमन्त्रीलाई विश्वासको मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको यो कार्यकालमा उनले चौथौपटक विश्वासको...
-
अर्थतन्त्र पुनःरुत्थानका लागि लगानीमैत्री बजेटको आवश्यकता
काठमाडौं । औद्योगिक उत्पादनमा कमी र लगानीकर्ताको विश्वासमा कमीका कारण नेपालमा आर्थिक शिथिलता गहिरिँदै गएको छ । माग र लगानीको...