‘कतारी अमिरको भ्रमणमा दक्षिण कोरियास्तरको पारिश्रमिकका लागि पहल गर्नुपर्छ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मंगलबार वैशाख ११ गतेदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ । मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।
सन् २०१९ देखि २०२२ सम्म कतारमा नेपाली राजदूत हुनुभएका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउनुहुन्छ । “भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नुपर्छ, कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो, कतारी अमिरले भ्रमणका क्रममा सहमति जनाएपछि त्यसमा लागू गर्न कुनै बाधा अवरोध हुँदैन ।”
कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मक रूपमा न्यून छ । कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन् । जबकि कतार तुलनात्मक रूपमा विकसित र धनी मुलुक हो । भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ ।
कतारमा नेपाली श्रमिकलाई कार्यस्थलमा दुर्घटना भएमा मात्र बीमा क्षतिपूर्ति दिने व्यवस्था छ । तर बाटोमा वा अन्य दुर्घटनाका हकमा सो बीमा सुविधा लागू नहुने प्रावधान भएकाले यो विषय पनि नेपालले उठाउनुपर्छ । उहाँले भन्नुभयो, “कतारले यसअघि नै सुरक्षा क्षेत्रमा नेपाली नागरिक लैजाने प्रयास गरिरहेको थियो र नेपालले पनि त्यसबारेमा निर्णय गरेको छ । तर कार्यान्वयन भएको छैन । उनीहरुको दृष्टिकोण पनि बुझेर यो विषय पनि कतारी अमिरको भ्रमणका बेला अघि बढाउन सके आम्दानी हिसाबले ठूलो लाभ हुन्छ ।”
त्यस्तै कतारले महिला घरेलु कामदारका रुपमा नेपाली लैजान खोजेको छ । तर नेपालले यसमा प्रतिबन्ध गरेको छ । यद्यपि भ्रमण भिसामा खाडी मुलुक जाने र घरेलु कामदारका रुपमा काम नेपाली महिलाको सङ्ख्या ठूलो छ । जुन व्यवस्थित पनि हुनसकेको छैन ।
घरेलु कामदारमा नेपाली महिला लुकीछिपी गइरहेककाले सुरक्षाको व्यापक प्याकेजसहित ग्यारेण्टी गरेर यो विषय खोल्न सकिने पूर्वराजदूत भारद्वाजको भनाइ छ । कतारी अमिरको भ्रमणका बेला नेपालले लगानीका विभिन्न क्षेत्रमा आह्वान गर्नुपर्छ । कतारले विश्वमा धेरै मुलुकका विभिन्न क्षेत्रमा लगानी गरिरहेको छ । नेपालमा पनि कानुनी सुरक्षाको ग्यारेण्टीसहित लगानीका लागि आह्वान गर्न सक्नुपर्छ । रियलस्टेट, जलविद्युत्, पर्यटन, खानेपानी, कृषीलगायत क्षेत्रमा कतारले लगानी गर्न सक्छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भ्रमणका बेला सरकारले नेपाली कामदारका हकहितका लागि पारिश्रमिक, सामाजिक सुरक्षा, रोजागारको ग्यारेण्टीको पहल गर्नुपर्नेमा जोड दिनुहुन्छ । “कतारमा लाखौँ नेपालीले लामो समयसम्म गरेको श्रमको कदर र आत्मीयताका लागि पनि कतारले नेपालमा लगानी गर्नुपर्छ । स्वदेश फर्केका नेपालीलाई उद्यम सञ्चालनका लागि र कतार जाने नेपाली श्रमिकको सीप अभिवृद्धिका लागि पनि कतारले सीप विकास केन्द्र खोल्नलाई पनि सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो । कतारले विश्वका विभिन्न क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । कतारले नेपालमा लगानी गरेमा यसले दुई देशका जनताबीचको सम्बन्ध समेत विस्तार हुने अध्यक्ष भण्डारीको भनाइ छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदारको हकहितका लागि कतारसँगको विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको बताउनुभयो ।
दुईदिने भ्रमणका अवसरमा कतारी अमिरले राष्ट्रपति पौडेलसँग शीतलनिवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उहाँको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ । त्यस्तै कतारका अमिरले वैशाख १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्नुहुने छ । वार्तापछि दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुनुहुनेछ । कतारका अमिर थानी वैशाख १२ गते नै काठमाडौँबाट प्रस्थान तालिका छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...