आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ। अन्तिम ओभरमा तीन बल डट खेल्दा गुजरात चार रनले पराजित भएको हो। अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो। २२५ रनको लक्ष्य पछ्याएको गुजरात आठ विकेटको क्षतिमा २२० रनमा समेटिएको हो।
दिल्लीले दिएको २२५ रनको लक्ष्य पछ्याएको गुजरातका लागि साई सुदर्शन र डेभिड मिलरले बनाएको अर्धशतक काम लागेन। साईले सर्वाधिक ६५ रन बनाए। ३९ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। मिलरले २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रन जोडे। गुजरातका लागि ऋद्धिमान साह ३९ र साई किशोर १३ रनमा आउट हुँदा राशिद खान २१ रनमा नटआउट रहे। अन्य ब्याट्सम्यान चल्न सकेनन्।
गुजरातलाई सस्तैमा समेट्न दिल्लीका रसिक सलमानले सर्वाधिक तीन विकेट हात पारे। कुलदीप यादवले दुई विकेट लिँदा मुकेश कुमार, अक्षर पटेल र एनरिक नोर्त्जेले एकएक विकेट हात पारे। सुरुमा ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। २२५ रनको शानदार चुनौतीका लागि दिल्लीका ऋषभ पन्तले नटआउट ८८ रन बनाए। ४३ बल खेलेका उनले ५ चौका र ८ छक्का प्रहार गरे। अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६ रन बनाए। ओपनरद्वय जेक फ्रेजर मक्गर्क २३ र पृथ्वी शा ११ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २६ रनमा नटआउट रहे।
गुजरातका सन्दीप वारियरले ३ विकेट लिँदा नुर अहमदले १ विकेट हात पारे। दिल्लीका ब्याट्सम्यानविरुद्ध गुजरातका अन्य बलर चल्न सकेनन्। यो सिजनको आईपिएलमा दिल्लीको यो चौथो जित हो। ९ खेलबाट ८ अंक जोडेको दिल्ली अंक तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। पराजित गुजरात समान खेलमा ८ अंक जोड्दै सातौँ स्थानमा समेटिएको छ।आईपिएल अन्तर्गत बिहीबार सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बंग्लोरुबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
नेपाल प्रहरीका चारजना एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको बढुवा समितिको...
-
कोशी, मधेश र बागमती प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...
-
आजको राशिफल: २०८१ जेठ ५ गते शनिवार
मेष: स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
आईपीएलमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र लखनउ सुपर जाएन्ट्स खेल्दैछन् । यी दुई देशको खेल...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...